Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चितवनमा गुरुङ समुदायले भोली माङी पर्व मनाउने

चितवनमा गुरुङ समुदायले भोली माङी पर्व मनाउने

इच्छाकामना न्युज

२८, माघ २०७७
चितवनमा गुरुङ समुदायले भोली माङी पर्व मनाउने

चितवन, २८ माघ । चितवनको गुरुङ समुदायले माङी पर्व मनाउने भएको छ। तमु प्ये ल्हु संघ चितवनको महिला समितिको आयोजनामा भोली चितवनमा गुरुङ समुदायले माङी पर्व मनाउने भएको हो। 
विशेष गरेर गुरुङ समुदायले १२ महापुरुष र ७ कन्या माङी(महिला) मार्फत आफ्नो सृष्टि भएको मान्दछ। सोहि आफ्नो सृष्टिकर्ता ७ कन्या माङीलाई सम्झदै गुरुङ समुदायले यो पर्व मनाउने गर्दछन्। माङीमा विशेष गरेर गुरुङहरुको मौलिक पुजा घर क्होइवोमा गई ७ कन्या माङीलाई सम्झदै गुरुङ समुदायको खेगी प्हच्यु क्ल्हेप्री गुरुहरुले जग बसाली दश ग्रह वेद वेदान्तरको पाठ पूजा प्रवचन गर्दै पितृहरुको नाममा बत्ति बाली विशेष पुजा गर्ने गर्छन्। 
यो पर्व गुरुङहरुको सृष्टिकर्ता १२ महापुरुष र ७ कन्या माङीको भेट भएको दिन माघे औंसी पछिको परेवा तिथिको दिनलाई मान्ने गर्दछ। यसपटक यो दिन भोली माघ २९ गते परेको तमु प्ये ल्हु संघ चितवनका अध्यक्ष जगत बहादुर गुरुङले जानकारी दिनुभयो। त्यसैले भोलीको दिन चितवनका गुरुङ समुदायले यो पर्व मनाउने उहाँले बताउनुभयो। 
यस्तै भोली तमु प्ये ल्हु संघ चितवनको महिला समितिले आयोजना गरेको माङी पर्व विषेश कार्यक्रममा गुरुङ समुदायको खेगी प्हच्यु क्ल्हेप्री गुरुहरु मार्फत बिहान ८ बजे पूजापाठ गर्ने तयारी भैरहेको महिला समितिका अध्यक्ष इन्द्रा गुरुङले बताउनुभयो। 

images

images
प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - १२:०३:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology