चितवन । गुरुङ समुदायको संस्कृतिको विज्ञान र मानवशास्त्र बारे चितवनमा २ दिने प्रशिक्षण सुरु भएको छ । गुरुङ समुदायको मौलिक धर्म संस्कार र संस्कृति संरक्षणका लागि स्थापित संस्था तमू प्ये ल्हु संघ चितवनको आयोजनामा शुक्रबारदेखि चितवनको भरतपुर स्थित पाटे ढिंडो एण्ड बिच रिसोर्टमा सुरु भएको हो ।

पछिल्लो समय गुरुङ समुदायमा समुदायको संस्कार संस्कृति हराउदै गएकोले सो बारे जानकारी दिन कार्यक्रमको आयोजना गरिएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष बिक्रम गुरुङले जानकारी दिए । साथै संघले समुदायको संस्कार संस्कृति संरक्षणका लागि प्रशिक्षणका कार्यक्रमहरु चलाउदै आईरहेको उनले बताए ।

करिब ७० जनाको सहभागीता रहेको कार्यक्रममा इन्जिनियर एवं मानवशास्त्री रोशन गुरुङले सहजिकरण गरिरहेको छ भने कार्यक्रम आज पनि जारी रहने संघले जानकारी दिएको छ ।
