Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तरुण पत्रकारिता पुरस्कार पत्रकार अमरराज नहर्कीलाई प्रदान

तरुण पत्रकारिता पुरस्कार पत्रकार अमरराज नहर्कीलाई प्रदान

images

इच्छाकामना न्युज

१०, कार्तिक २०८१
तरुण पत्रकारिता पुरस्कार  पत्रकार अमरराज नहर्कीलाई प्रदान
images

तनहुँ । नेपाल तरुणदल तनहुँले स्थापना गरेको तरुण पुरस्कारबाट पत्रकार अमरराज नहर्कीलाई सम्मान गरिएको छ । नेपाल तरूण दल जिल्ला कार्य समिति तनहुँले ७२ औ स्थापना दिवसका अवसरमा पत्रकार नहर्कीलाई शनिबार सम्मान गरेको हो । 

पूर्वमन्त्री तथा प्रतिनिधी सभा सदस्य शङ्कर भण्डारी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र नेपाल तरुण दल तनहुँका अध्यक्ष हिरा थापाले सयुक्त रुपमा प्रशंसापत्र र नगद रु पाँच हजार सहित नहर्कीलाई सम्मान गर्नु भएको थियो ।  एक जना प्रेस युनियनमा आबद्ध पत्रकारलाई तरुण पुरस्कारबाट पुरस्कृत गरिने पहिले नै घोषणा गरेको थियो । सोही अनुरुप नेपाल प्रेस युनियन तनहुँको निबर्तमान अध्यक्ष समेत रहनु भएका नहर्की लाई सम्मान गरिएको नेपाल तरुणदल तनहुँका सचिव सुवोध वाग्लेले जानकारी दिनुभयो  । उद्यमशिल क्षेत्रमा लागेका तरुणहरुको बारेमा कलम चलाउने एक जना पत्रकारलाई पुरस्कृत गर्ने योजना अनुरुप नहर्कीलाई सम्मान गरिएको सम्मान कार्यक्रममा जानकारी दिईयो ।   

युवाहरू विदेश पलायन भईरहेको अवस्थामा युवा उद्घमीको विषयमा कलम चलाउने पत्रकारलाई सम्मान गर्ने नीति अनुसार सम्मान गरिएको नेपाल तरुण दल तनहुँले जनाएको छ । दुई दशक भन्दा अघि देखि तनहुँमा कार्यरत पत्रकार नहर्कीले थुप्रै मानसम्मान पाइसक्नु भएको छ । उहाँले नेपाल पत्रकार महासङ्घ, शिक्षामन्त्रालयको शिक्षा विभागद्धारा सयुक्त रुपमा प्रदान गर्ने प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार, शिक्षा लेखनवृत्ति पुरस्कार, जय प्राप्ति म्युजिक अवार्ड लगायत थुुप्रै पुरस्कार तथा मान सम्मान पाई सक्नुभएको छ । नहर्की गोरखापत्र दैनिकको तनहुँ समाचारदाता तथा नेपाल प्रेस युनियन तनहुँको निर्वतमान अध्यक्ष हुनुहुन्छ ।  

सोही कार्यक्रममा तरुण युवा उद्यमी पुरस्कार–२०८१ बाट म्याग्दे गाउँपालिका –४ निवासी नविन रानालाई सम्मान गरिएको थियो । यसैगरी तरुण पुरस्कारको लागि अक्षय कोष स्थापना गर्ने व्यास नगरपालिका–१० निवासी नेपाल तरुण दल तनहुँका कोषाध्यक्ष बलबहादुर शाहीलाई सम्मान गरिएको थियो । कार्यक्रममा सांसद भण्डारीले देशको प्रमुख समस्या भनेको बेरोजगार भएकोले युवाहरु उद्यमशील बनेर रोजगार दिनमा ध्यान दिनु पर्ने बताउनुभयो ।

images
प्रकाशित मिति :कार्तिक १०, २०८१ शनिवार - २२:५१:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology