Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा

कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा

images

इच्छाकामना न्युज

१४, कार्तिक २०८१
कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा
images

म्याग्दी, कार्तिक — कोरला नाकामा बुधबारदेखि अध्यागमन कार्यालय औपचारिकरुपमा सञ्चालनमा आएको छ । लोमन्थाङ गाउँपालिका-१ नेचुङमा पर्ने नाकामा स्थापित कार्यालयको बुधबार गृहमन्त्री रमेश लेखकले उद्घाटन गरे ।

 

हेलिकोप्टरबाट बिहान १० बजे छोसेरस्थित शसस्त्र प्रहरी बल नेपालको बीओपी ओर्लेर गृहमन्त्री लेखक गाडीमा २१ किमि माथि कोरला नाका पुगेर अध्यागमन कार्यालय उद्घाटन गरेका थिए ।

मुस्ताङको चीनको स्वसासित तिब्बतसँग १८–३३ सम्म १६ वटा सीमास्तम्भले १३४.१६ किलोमिटर अर्न्तरार्ष्ट्रिय सीमा जोडिएको छ । त्यही बीचको २४ नम्बर सीमा स्तम्भ रहेको फराकिलो पठार हो, नेचुङ–लेक्जे कोरोला नाका । कोरोला नाकादेखि २० किमिभित्र तिब्बतको ढोङ्वासेन हुँदै सिगात्सेबाट आएको ‘चाईना नेसनल हाईवे २१९’ सँग जोडिएको छ ।

नेपाल–चीनबीच ०७५ सालमा हस्ताक्षर भएको पारवहन तथा यातायात सम्झौताको प्रोक्टोकल अनुसार तीन सुख्खा बन्दरगाहसम्म आवत–जावत गर्नेमध्येको कोरला नाकामा पनि एक हो । चिनियाँ अध्यागमन कार्यालयको आमने–सामने निर्मित प्रि-फ्याव प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट स्थापना भएको हो ।

सीमापार चीनले भने सूचानाप्रविधि जडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाइन, आवास, प्रयोगशाला, गोदाम घर, ट्रक तथा कन्टेनर पार्किङ र सुरक्षा पूर्वाधार खडा गरिसकेको छ ।

images
प्रकाशित मिति :कार्तिक १४, २०८१ बुधवार - २२:१८:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology