Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चितवनको गुरुङ समुदायले मनायो माङी पर्व

चितवनको गुरुङ समुदायले मनायो माङी पर्व

इच्छाकामना न्युज

२९, माघ २०७७
चितवनको गुरुङ समुदायले मनायो माङी पर्व

चितवन, २९ माघ । चितवनको गुरुङ समुदायले माङी पर्व मनाएको छ। गुरुङहरुको सृष्टिकर्ता १२ महापुरुष र ७ कन्या माङीको भेट भएको दिनको रुपमा गुरुङ समुदायले मान्ने माङी पर्व मान्ने गर्छ। सो पर्व यसपाली आजैको दिनमा परेकोले चितवनको गुरुङ समुदायले आज यो पर्व मनाएको हो। 
माङी पर्वको अवसरमा तमु प्ये ल्हु संघ चितवनको महिला समितिले आज चितवनको भरतपुरमा एक कार्यक्रमको आयोजना गरिएको थियो।

images

IMG_9575.jpg

कार्यक्रममा बागमति प्रदेशका प्रदेश सभा सदस्य रिना गुरुङको प्रमुख आतिथ्यता एवं तमु प्ये ल्हु संघ चितवनका अध्यक्ष जगत बहादुर गुरुङको विशष्ट आतिथ्यता रहेको थियो भने अध्यक्षता महिला समितिका अध्यक्ष इन्द्राकुमारी गुरुङले गर्नुभएको थियो। 

IMG_9563.jpg
कार्यक्रममा तमु प्ये ल्हु संघ चितवनका संस्थापक एवं सल्लाहाकार भिम बहादुर गुरुङ, सल्लाहकार लेख बहादुर गुरुङ, इच्छा बहादुर गुरुङ, उपाध्यक्ष लालप्रसाद गुरुङ, सचिव बिक्रम गुरुङ, साँस्कृतिक संयोजक नारायण गुरुङ लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम संचालन महिला समितिका सचिव रीता गुरुङले गर्नुभएको थियो।

IMG_9553.jpgIMG_9550.jpg

images
प्रकाशित मिति :माघ २९, २०७७ बिहिवार - २१:५८:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology