Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

तमु प्ये ल्हु संघ चितवनको जनगणनामा मौलिक धर्म, जाति र भाषा लेख्ने अभियान पर्साको ठोरीमा पनि पुग्यो

तमु प्ये ल्हु संघ चितवनको जनगणनामा मौलिक धर्म, जाति र भाषा लेख्ने अभियान पर्साको ठोरीमा पनि पुग्यो

इच्छाकामना न्युज

२, फाल्गुण २०७७
तमु प्ये ल्हु संघ चितवनको जनगणनामा मौलिक धर्म, जाति र भाषा लेख्ने अभियान पर्साको ठोरीमा पनि पुग्यो
images

पर्सा, २ फागुन । आगामी वर्ष २०७८ मा हुन लागिरहेको राष्ट्रिय जनगणनामा गुरुङहरुको मौलिक धर्म, जाति, भाषा लगायतका कुराहरुबारे जनचेतना जगाउने उद्देश्यका साथ तमु प्ये ल्हु संघ चितवनले गरिरहेको अभियान पर्सा जिल्लाको ठोरी गाउँपालिकामा पनि पुगेको छ। संघले गरिरहेको अभियान अन्तर्गत नेपाल भारत सीमावर्ती इलाका पर्सा जिल्लाको ठोरी गाउँपालिकामा शनिबार बृहत साँस्कृतिक प्रदर्शनी सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो। 

images
images

p.png
ठोरी तमु समाज पर्साको व्यवस्थापन र तमु प्ये ल्हु संघ चितवनको आयोजनामा भएको कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष प्रदमलाल श्रेष्ठको प्रमुख आतिथ्यता तथा संघका जिल्ला अध्यक्ष जगत बहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको हो। 
कार्यक्रमलाई सम्बोन्धन गर्दै ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले युद्धको लडाईमा अग्रपंक्तिमा रहि विर कहलिएका गुरुङहरु सिंहदरवारसँगको राजनैतिक लडाइमा भने पछि रहेको बताउनुभयो। उहाँले गुरुङ संसारभर विर भनेर कहलिए पनि मूल राजनैतिक धारमा भने पछि परेकोले संघर्ष गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो।

IMG_9703.jpg
यस्तै कुनैपनि जातिले पहिचान जोगाउन आफै लागिपर्नुपर्ने बताउदै संरक्षणका लागि भने तीनै तहका सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो। सम्बोन्धनकै क्रममा अध्यक्ष श्रेष्ठले गुरुङ लगायत आदिवासी जनजातीको पहिचान संरक्षणका निम्ति ठोरी गाउँपालिकाले कुनै कसर बाँकी नराखि लागिपर्ने बताउनुभयो। 

IMG_9667.jpg
कार्यक्रममा तमु प्ये ल्हु संघ चितवनको साँस्कृतिक समूहले गुरुङको मौलिक पहिचान झल्कने विभिन्न नृत्य तथा साँस्कृतिक प्रस्तुतीहरु राखिएको थियो। स्थानीय गुरुङ समुदाय मात्र नभै अन्य जातजातिका मानिसहरुको समेत उल्लेख सहभागीता रहेको कार्यक्रममा गुरुङ समुदायको मौलिक संस्कृति बारे जानकारी दिने यस्तो खालको कार्यक्रममा ठोरीमा पहिलो पटक आयोजना गरिएको कार्यक्रमका संयोजक समेत रहनुभएको संघका साँस्कृतिक संयोजक नारायण गुरुङले बताउनुभयो। 

IMG_9686.jpg
यस्तै कार्यक्रममा ठोरी चितवनसँग भौगोलिक, साँस्ृकतिक लगायत धेरै कुराले नजिक र निकट रहेकोले संघले पहिलोपटक फरक जिल्ला भएपनि पर्साको ठोरीमा कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष जगत बहादुर गुरुङले बताउनुभयो। ‘ठोरीमा धेरै पहिले देखि नै धेरै गुरुङ समुदाय बसोबास रहेको र समुदायको मौलिक पहिचान बारे जानकारी दिन यहाँको समुदायले पहिले देखि नै हामीलाई आग्रह गरेको थियो, त्यसैले आज हामी यहाँसम्म आएको हौ’–उहाँले भन्नुभयो। 
कार्यक्रममा गुरुङहरुको तीन पुरोहितहरु पच्यु, घ्याप्री, वोन्पो लमले समेत नृत्यहरु प्रस्तुत गरेको थियो भने कार्यक्रम सञ्चालन संघका सचिव बिक्रम गुरुङले गर्नुभएको थियो। साथै स्वागत मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष तुलाराम गुरुङले गर्नुभएको थियो। 

IMG_9686.jpg

images
प्रकाशित मिति :फाल्गुण २, २०७७ आइतवार - २१:१०:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology