Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

पत्रकार महासंघ तनहुँको अध्यक्षमा २ जनाको उम्मेद्वारी

पत्रकार महासंघ तनहुँको अध्यक्षमा २ जनाको उम्मेद्वारी

images

इच्छाकामना न्युज

२६, मंसिर २०८१
पत्रकार महासंघ तनहुँको अध्यक्षमा २ जनाको उम्मेद्वारी
images

तनहुँ । नेपाल पत्रकार महासंघ तनहुँको मंसिर २८ गते हुने निर्वाचनका लागि अध्यक्षमा २ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रेस युनियन र प्रेस चौतारीको संयुक्त गठबन्धनबाट अध्यक्षमा डिपी अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् ।

केन्द्रमा भएको सहमति अनुसार तनहुँमा युनियनको पक्षमा अध्यक्ष परेपछि अधिकारीले उम्मेदवारी दर्ता गरेका हुन् । यस्तै अध्यक्षका लागि नारायण खड्काले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् ।

खुल्ला उपाध्यक्षमा प्रेस युनियन र प्रेस चौतारी गठबन्धनबाट प्रताप राना र प्रेस सेन्टरबाट एसबी नेपाली, सचिवमा प्रेस युनियन र प्रेस चौतारी गठबन्धनबाट कृष्ण न्यौपाने र प्रेस सेन्टरबाट अस्मिता खनाल, खुल्ला सहसचिवमा प्रेस युनियन र चौतारी गठबन्धनबाट ऋषिकान्त दुवाडी र प्रेस सेन्टरबाट विनोद ढुंगानाको उम्मेदवारी परेको छ ।

यस्तै महिला उपाध्यक्षमा प्रेस चौतारीकी सम्झना रसाइली, सहसचिव समावेशीमा चौतारीकै किरण श्रेष्ठ, कोषाध्यक्षमा प्रेस युनियनका पूर्ण विके सर्वसम्मत निर्वाचित भएका छन् भने दलित सदस्यमा मुना कालिराज वि.के. महिला सदस्यमा सुनिता आचार्य, आदिवासी जनजाति सदस्यमा चित्र गुरुङ, अन्य समावेशी सदस्यमा रामशरण नेपाली सर्वसम्मत निर्वाचित भएका छन् ।

 

images
प्रकाशित मिति :मंसिर २६, २०८१ बुधवार - २१:११:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology