आँबुखैरेनी, ३ फागुन तनहुँको आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकाका खोलाबाट अवैध रुपमा नदीजन्य सामाग्री उत्खनन् गर्ने सवारीलाई जरिवाना गरिएको छ। प्रहरीले तनहुँ आँबुखैरेनी गाउँपालिकाबाट अवैध रुपमा नदीजन्य सामाग्री उतखनन् गरिरहेको एउटा एक्साभेटर र भानु नगरपालिकाबाट २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिई जरिवाना गरिएको हो।
आँबुखैरेनी वडा नं. ३ कुडुलेघाट स्थित मस्र्याङ्दी नदीबाट नदीजन्य पदार्थको अवैध उत्खनन् गर्दै गरेको बा २ क ४३५३ नं. को एक्साभेटर तथा तनहुँ भानु नगरपालिका वडा नं. ११ पाउँदीखोलाबाट ग्राबल ढुङ्गा अवैध रुपमा उठाईरहेको ग १ त ९८४० र ग ६ त ६६२ नं. नम्बरका ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
आँबुखैरेनीको मस्र्याङदी किनारबाट नियन्त्रणमा लिइएको एक्साभेटर आँबुखैरेनी गाउँपालिका कार्यालय तथा भानुबाट नियनत्रणमा लिइएको ट्याक्टर भानु नगरपालिका कार्यालयमा बुझाईएकामा एक्साभेटरले २० हजार र ट्याक्टरले १२ हजारका दरले २४ हजार जरिवाना बुझाएको प्रहरी प्रवक्ता डिएसपी युवराज तिमल्सेनाले जानकारी दिए ।