Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मुस्ताङमा माछा पोखरीमा डुबेर एक पूरुषको मृत्यु

मुस्ताङमा माछा पोखरीमा डुबेर एक पूरुषको मृत्यु

images

इच्छाकामना न्युज

२८, पौष २०८१
मुस्ताङमा माछा पोखरीमा डुबेर एक पूरुषको मृत्यु
images

म्याग्दी, पुस २८ गते । मुस्ताङको थासाङ गाउँपालिका २ लार्जुङका ६३ वर्षीय पूर्णप्रसाद गौचनको माछा पालन गर्ने पोखरीमा डुबेर मृत्यु भएको छ । गौचनको आफ्नै माछा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।

पोखरीमा डुबेको अवस्थामा मृत्यु भएको भन्दै जानकारी पाए पछि घटनास्थल पुगेको प्रहरी टोलीले आवश्यक घटनास्थल मुचुल्का गरी जिल्ला अस्पताल मुस्ताङमा पोस्टमार्टम गरेपछि सब परिवारलाई बुझाएको थियो । इन्स्पेक्टर पौडेलको कमान्डमा गएको टोलीले अनुसन्धान गरेको र मृत्युको कारण डुबेर हुन सक्ने प्रारम्भिक अनुमान गरेको जनाइएको छ । 

दुई छोरीका बाबा पूर्ण घरमा एक्लै बस्दै आएको र आफूले पालेको माछालाई दाना हाल्न जाने क्रममा शनिवार चिप्लेर पोखरीमा डुबेर मृत्यु भएको जस्तो घटना स्थलको प्रकृति हेर्दा देखिएको प्रहरीले जनाएको छ । पोस्टमार्टम पछि मृतकको सब सदरमुकाम जोमसोम बस्दै आउनु भएकी छोरी नमितालाई बुझाएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :पौष २८, २०८१ आइतवार - ०९:५७:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology