Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

फोनिज काठमाडौंको अध्यक्षमा भिम तामाङ निर्वाचित

फोनिज काठमाडौंको अध्यक्षमा भिम तामाङ निर्वाचित

फोनिज काठमाडौंको अध्यक्षमा भिम तामाङ  निर्वाचित
images

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को काठमाडौं जिल्ला अध्यक्षमा भीम बहादुर लामा निर्वाचित भएका छन् । आइतबार राति काठमाडौंमा सम्पन्न फोनिजको ७ औं जिल्ला अधिवेशबाट लामा सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् ।

images
images

फोनिजको उपाध्यक्षमा सुदिना श्रेष्ठ र सचिवमा रत्नकाजी महर्जन सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । त्यस्तै कोषाध्यक्षमा दीपा सुनुवार, सह–सचिव(महिला)मा नितु डंगोल निर्वाचित भएकी छिन् । सदस्यहरूमा खुल्लातर्फ वेदबहादुर गुरूङ र किचः सिंह डंगोल निर्वाचित भएका छन् ।

यस्तै महिला सदस्यतर्फ राधिका लो, सरला चौधरी, सिर्जना मगर र अन्जना राई निर्वाचित भएका छन् भने संस्थागतर्फ अजय खड्गी र पासा काजी शेर्पा निर्वाचित भएका छन् ।

फोनिजले जिल्ला अधिवेशनबाट संघीय र बागमती प्रदेश प्रतिनिधिहरू समेत निर्वाचित गरेको छ । संघीयतर्फ ७ महिला र १३ खुल्ला गरी २० जना तथा प्रदेशतर्फ ९ महिलासहित २० गरी २६ जना निर्वाचित गरेको छ ।

संघीय प्रतिनिधितर्फ पूर्ण भक्त दुवाल, यशोदा भुजेल (महिला), गंगादेवी महर्जन (महिला), मिक्साङ वाइबा तामाङ (महिला), हरिगोपाल प्रधान, निरज रञ्जित, प्रविण श्रेष्ठ, सुरेन्द्र भक्त श्रेष्ठ, अर्जुन बहादुर तामाङ, लाल कुमार मोक्तान, सहदेव चौधरी, शुशिला तामाङ (महिला), अमिर लामा, नेपोलियन चेपाङ, कमल राना, विगेन तुलाधर, पुप्रिया राई (महिला), मन्जु तामाङ (महिला),निशा तामाङ (महिला) र दिलिप तामाङ निर्वाचित चुनिएका छन् ।

यस्तै प्रदेश प्रतिनिधितर्फ उदेन न्हुसामी, विमला मानन्धर (महिला), सरस्वी श्रेष्ठ सरू (महिला),मिङ्मा लामा (महिला), सबिका श्रेष्ठ (महिला), मनमाया स्याङ्बो (महिला), अनिता डंगोल (महिला), सुरज मानन्धर,एलबी सागर, प्रदीप कुमार श्रेष्ठ, हिरो लोपचङ, तेज नाछिरिङ राई, दसीराम थारू, मनोज रत्न शाही, सञ्जय उदास, लक्ष्मीराम सुनुवार, अनुप प्रधान, रामबहादुर मगर, कर्साङ तामाङ, विष्णुराज श्रेष्ठ, डिगबहादुर श्रेष्ठ, तेजनारायण महजर्न, प्रजित शाक्य, हेमप्रकाश राई, श्याम लामा र प्रेम लामा निर्वाचित भएका छन् ।

अधिवेशनपछि काठमाडौं शाखाका नवनिर्वाचित पदाधिकारी, संघीय तथा बागमती प्रदेश प्रतिनिधिहरूलाई फोनिजका संघीय उपाध्यक्ष अमरध्वज लामाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

images
प्रकाशित मिति :माघ ७, २०८१ सोमवार - ०८:३३:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology