Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

प्रेस चौतारी तनहुँको अधिवेशन माघ २२ गते हुने

प्रेस चौतारी तनहुँको अधिवेशन माघ २२ गते हुने

images

इच्छाकामना न्युज

११, माघ २०८१
प्रेस चौतारी तनहुँको अधिवेशन माघ २२ गते हुने
images

दमौली । प्रेस चौतारी नेपाल तनहुँ शाखाको अधिवेशन आगामी माघ २२ गते हुने भएको छ । शाखाको विहिबार सम्पन्न बैठकले अधिवेशन मिति तय गरेको हो । प्रेस चौतारीको स्थापना दिवसको अवसर पारेर अधिवेशन गर्ने निर्णय गरिएको सचिव ऋषिकान्त दुवाडीले जानकारी दिए ।

बैठकले शाखा अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरेको छ । जसअनुसार प्रतिवेदन लेखन उपसमितिमा अध्यक्ष राजकुमार श्रेष्ठ विवि, प्रचारप्रसार उपसमितिमा सचिव ऋषिकान्त दुवाडी, आर्थिक संकलन उपसमितिमा उपाध्यक्ष कृष्ण न्यौपाने, स्वागत सत्कार उपसमितिमा उपाध्यक्ष सम्झना रसाइली र खाना खाजा व्यवस्थापन उपसमितिमा सहसचिव किरण श्रेष्ठ संयोजक रहेको उपसमिति गठन गरिएको छ ।

बैठकले प्रेस चौतारी नेपाल तनहुँबाट प्रतिनिधित्व गर्दै नेपाल पत्रकार महासंघ तनहुँको विभिन्न पदमा निर्वाचित भएकालाई हार्दिक बधाई ज्ञापन गर्ने निर्णय गरेको छ ।

पत्रकारिता पुरस्कार श्रेष्ठलाई

यस्तै प्रेस चौतारी नेपाल तनहुँ शाखामा स्थापित प्रेस चौतारी पत्रकारिता पुरस्कार शाखाका पूर्व अध्यक्ष त्रिभुवन श्रेष्ठलाई प्रदान गरिने भएको छ । बैठकले शाखामा स्थापित उक्त पुरस्कार पूर्व अध्यक्ष श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त पुरस्कार शाखाको आगामी माघ २२ गते स्थापना दिवसका अवसरमा आयोजना हुने जिल्ला अधिवेशनका क्रममा प्रदान गर्ने निर्णय भएको छ । उक्त पुरस्कारको राशी रु.दश हजार रहेको छ । प्रेस चौतारीले मरेर बाँचेकाहरु र अन्तिम सन्देश नामक वृत्तचित्र प्रदर्शन गरेर बेचेको रकमबाट रु एक लाखको पत्रकारिता अक्षयकोष स्थापना गरेको थियो । उक्त कोषको व्याजबाट प्रत्येक वर्ष एक जना क्रियाशील पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्ने गरिएको छ ।

यसअघि उक्त पुरस्कारबाट वरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी, शाखाका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, प्रकाशचन्द्र भट्टराई, नारायण खड्का, बसन्ती बास्तोला, कृष्ण न्यौपाने पुरस्कृत भइसकेका छन् । बैठकमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य प्रकाशचन्द्र भट्टराई र अध्यक्ष राजकुमार श्रेष्ठ विविले शाखाको अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्न तयारी थाल्न आग्रह गरे ।

images
प्रकाशित मिति :माघ ११, २०८१ शुक्रवार - ०९:३६:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology