Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः अर्जुन काफ्ले निर्वाचित, सचिवमा इच्छाकामनाका दान बहादुर गुरुङ निर्वाचित 

प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः अर्जुन काफ्ले निर्वाचित, सचिवमा इच्छाकामनाका दान बहादुर गुरुङ निर्वाचित 

images

इच्छाकामना न्युज

२२, माघ २०८१
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः अर्जुन काफ्ले निर्वाचित, सचिवमा इच्छाकामनाका दान बहादुर गुरुङ निर्वाचित 
images

पोखरा । प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेशको तेस्रो अधिवेशन  पोखरामा सोमबार सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा पुन अर्जुन काफ्ले  निर्वाचित गरेको छ । यस अघि पनि काफ्ले अध्यक्ष हुनुहुन्थ्यो । त्यसैगरी अधिवेशनले बरिष्ठ उपाध्यक्षमा सन्तोष गौतम समावेशी उपाध्यक्षमा सन्देश श्रेष्ठ, महिला उपाध्यक्षमा  सविना राना, महासचिव गुणराज रोक्का, खुल्ला सचिवहरूमा अर्जुन अविरल र सुरेश अधिकारी,  सचिव (दलित) साने बहादुर नेपाली, जनजाति सचिवमा इच्छाकामना एफएम कुरिनटारका स्टेशन म्यानेजर दान बहादुर गुरुङ र कोषाध्यक्षमा श्रीभद्र पौडेल सर्वसम्मत रुपमा निर्वाचित भए ।

476275734_9316579221732039_5809499540197900562_n.jpg

त्यसैगरी सदस्यहरुमा प्रनिश गिरी, सविता शर्मा,  राजकिरण छत्कुली, राजबाबु पिसि, बिमल आचार्य, फडिन्द्र अधिकारी, रवि दाहाल, चिरञ्जीवी पौडेल र पूर्णभद्र निउरे सर्वसम्मत रुपमा चयन भएका छन् ।

कार्यक्रमको उद्घाटनमा अध्यक्ष प्रचण्डको तय भए पनि कार्यलयको बैठक लम्बेकाले प्रमुख अतिथिमा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का गण्डकी प्रदेश सहईञ्चार्ज हरिराज अधिकारी प्रमुख अतिथि रहनु भएको थियो ।  

त्यसैगरी कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा माओवादी केन्द्र गण्डकी प्रदेश ससदीय दलका नेता हरि बहादुर चुमान, प्रेस स्वतन्त्रता सेनानी कोमल नाथ बराल, माक्सवादी अध्ययन केन्द्रका केन्द्रीय अध्यक्ष झलकपाणी तिवारी, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्यहरू राजकाजी गुरूङ्ग, नेत्रनाथ अधिकारी, किशन शर्मा लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी तेस्रो अधिवेशनको क्रममा त्रिभुवन( अनिल स्मृति पुरस्कारबाट म्याग्दीका अध्यक्ष कमल खत्री र  गणेश(चाँदनी स्मृति पुरस्कारबाट अस्मिता सिङ्खडालाई पुरस्कृत गरिएको छ ।

images
प्रकाशित मिति :माघ २२, २०८१ मंगलवार - ०८:२३:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology