Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तीन वर्षदेखि भरतपुर महानगरपालिका शीर्ष स्थानमा

तीन वर्षदेखि भरतपुर महानगरपालिका शीर्ष स्थानमा

images

इच्छाकामना न्युज

२६, फाल्गुण २०८१
तीन वर्षदेखि भरतपुर महानगरपालिका शीर्ष स्थानमा
images

भरतपुर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका फेरि पहिलो भएको छ।

आयोगको कार्यसम्पादन मूल्यांकनमा पछिल्ला तीन वर्ष महानगर पहिलो स्थानबाट तल झरेको छैन ।

पछिल्लो पटक आयोगले गरेको गरेको कार्यसम्पादन मूल्यांकनमा ७६.२२ अंकसहित भरतपुर पहिलो भएको हो । यसअघि आर्थिक वर्ष २०७९/८० मा ५६.२९ र अघिल्लो वर्ष ७२.२२ अंक ल्याउँदा पनि भरतपुरले अरू महानगरलाई उछिनेको थियो ।

आयोगले १७ वटा सूचकका आधारमा कार्यसम्पादन मूल्यांकन गर्ने गर्छ । त्यसमा बजेट समयमै पेस तथा पारित गर्ने, खर्च व्यवस्थापन, बेरुजु फर्छ्योट, लेखापरीक्षकको सिफारिस कार्यान्वयन, स्थानीय सञ्चित कोषको व्यवस्थापन, आवधिक योजना निर्माण, राजस्वको उचित विभाजनका सूचक छन् । घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापतको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रूपमा दिएका आधारमा समेत मूल्यांकन गरिन्छ ।

आफ्नो अधिकार क्षेत्रभित्र स्थानीयस्तरको विकासका लागि आवधिक योजना तर्जुमा गरे/नगरेको पनि आयोगले मूल्यांकन गर्छ ।

विद्यालय भर्ना भएका बालबालिकाको संख्या, सामुदायिक विद्यालयबाट एसईईमा ल्याएको ग्रेडिङ, गर्भ जाँच, प्रसूति संख्या, बालबालिकाको संख्या, पूर्ण खोप पाएका बालबालिकाको संख्यालाई समेत सूचकमा राखिएको छ । कार्यसम्पादन मूल्यांकनका आधारमा आयोगले आउँदो आर्थिक वर्षको वित्तीय समानीकरण अनुदान सिफारिस गर्छ ।

बेरुजुसम्बन्धी सूचकमा भरतपुरले राम्रो अंक पाएको छ । अंकभार १५ रहेको यस सूचकमा भरतपुरको १४.९६ अंक छ । सार्वजनिक महालेखा परीक्षक कार्यालयले गत जेठमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार ०७८/७९ मा भरतपुरमा ०.०१ प्रतिशत मात्रै बेरुजु थियो ।

गत आर्थिक वर्षको विनियोजित रकमअनुसार खर्चको जानकारी पेस गर्नुपर्ने सूचकमा भने भरतपुरले शून्य अंक पाएको छ । विवरण पेस गरे पनि अंक नपाउनुको कारण बुझ्ने काम भइरहेको महानगरका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले बताए ।

कार्यसम्पादन मूल्यांकनमा प्रगति हुँदा वित्तीय समानीकरणमार्फत प्राप्त हुने अनुदान रकम बढ्ने उनले बताए ।

images
प्रकाशित मिति :फाल्गुण २६, २०८१ सोमवार - ०९:०९:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology