Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

फोनिज तनहुँको अध्यक्षमा गुरुङ सर्वसम्मत चयन

फोनिज तनहुँको अध्यक्षमा गुरुङ सर्वसम्मत चयन

images

इच्छाकामना न्युज

२६, फाल्गुण २०८१
फोनिज तनहुँको अध्यक्षमा गुरुङ सर्वसम्मत चयन
images

दमौली । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तनहुँ शाखाको अध्यक्षमा ममता गुरुङ सर्वसम्मत रुपमा चयन भएको छ । सोमबार दुलेगौडामा सम्पन्न फोनिज तनहुँ शाखाको पाँचौ जिल्ला अधिवेशनबाट गुरुङ अध्यक्षमा चयन भएकी हुन् ।

यस्तै फोनिज तनहुँको उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा सुबिना थापा मगर, कोषाध्यक्षमा नुक्त भुजेल, सहसचिवमा करिश्मा गुरुङ, सदस्यहरुमा भूमिका आले, मिलन तामाङ, रिमा गुरुङ र राम बहादुर धामि चयन भएका छन्।

फोनिजको केन्द्रीय प्रतिनिधिमा प्रताप राना, किरण श्रेष्ठ र सन्तोषी श्रेष्ठ चयन भएका छन् भने प्रदेश प्रतिनिधिमा सुनिता थापा, सुमन श्रेष्ठ र खड्क बहादुर आले चयन भएका छन् ।
 
फोनिज तनहुँका अध्यक्ष किरण श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमा फोनिजका केन्द्रीय सदस्य मिला दरै प्रमुख अतिथि रहेकी थिइन् । त्यस्तै कार्यक्रममा फ़ोनिज तनहुँका पूर्वअध्यक्ष प्रताप रानाको पनि उपस्थिति रहेको थियो ।   

images
प्रकाशित मिति :फाल्गुण २६, २०८१ सोमवार - २२:५७:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology