Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

१५ दिनसम्म चल्ने विक्रम बाबा मेला आजदेखि सुरु हुँदै

१५ दिनसम्म चल्ने विक्रम बाबा मेला आजदेखि सुरु हुँदै

इच्छाकामना न्युज

१५, चैत्र २०८१
१५ दिनसम्म चल्ने विक्रम बाबा मेला आजदेखि सुरु हुँदै

चितवन । भरतपुर महानगरपालिका–२३ कसरामा आजेखि बिक्रम बाबा मेला सुरु हुँदै छ । चैते दसैंको अवसरमा चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरानजिकै हुने मेलाको व्यवस्थापन स्थानीय टोल विकास संस्था, चितवन राष्ट्रिय निकुञ्ज, भरतपुर महानगरपालिकाको वडा नं. २३ र नजिकका मध्यवर्ती उपभोक्ता समूहले व्यवस्थापन गरेका छन् ।

images

चैत औंसीदेखि पूर्णिमासम्म चल्ने मेला औंसीको दिन थारु समुदायका गुरौले पूजाआजा गरेपछि औपचारिकरूपमा शुभारम्भ हुने प्रचलन छ । यसपटक मेलाको पहिलो दिन हुँदै आएको बली राक्ने निर्णय भएको भरतपुर–२३ का वडाअध्यक्ष दीपक दवाडीले जानकारी दिए । ‘पहिलो दिन चढाउने गरिएको बली प्रथालाई हटाएका छौँ,’ उनले भने, ‘परेवा तिथिबाट भने चढाउन पाइने व्यवस्था छ ।’

उनका अनुसार यसवर्षदेखि आधिकारिक गुरौको समेत व्यवस्था मिलाइएको छ । यसअघिका वर्षहरुमा थारु जातिकै गुरौ भए पनि ब्राम्हणहरुले समेत पूजाआजा गर्ने गरिएकोमा थारु जातिको पहिचान नमेटियोस् भनेर थारु गुरौलाई नै आधिकारिकरुपमा तोकेरै पूजापाठ गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

१५ दिनसम्म चल्ने मेलाको लागि केरूङ्गा मध्यवर्ती वन उपभोक्ता समिति र पटिहानी मध्यवर्ती उपभोक्ता समितिले व्यवस्थापनको जिम्मा लिएको छ । पटिहानी मध्यवर्ती उपभोक्ता समूहका अध्यक्ष शङ्कर महतोका अनुसार यसवर्ष बिक्रम बाबा मेला परिसरलाई व्यापारिक केन्द्र हुनबाट रोकेको छ । जगतपुरको कसरा चोकबाट करिब दुई किलोमिटरभित्र चितवन राष्ट्रिय निकुञ्जमा हुने पूजामा सहभागी सम्पूर्ण भक्तजनको लागि सरसफाइ र खानेपानीको समेत व्यवस्थापन मिलाइएको उनको भनाइ छ ।

सुरक्षाको लागि भने राप्ती पारि निकुञ्ज क्षेत्रभित्र नेपाली सेना र निकुञ्जबाहिरको क्षेत्रमा नगर प्रहरी र नेपाल प्रहरीसहित स्वयमसेवकहरुबाट सुरक्षा व्यवस्था मिलाइएको उनले बताए । त्यसबाहेक मेला अवधिभर स्वास्थ्यसमस्या हुन सक्ने भक्तजनको लागि औषधिउपचारको समेत व्यवस्था मिलाइएको उनको भनाइ छ ।

दर्शनार्थीहरुलाई जङ्गलभित्रको करिब दुई किलोमिटर बाटोमा सहज यात्राको लागि सडकलाई धूलोरहित बनाउने प्रयास भइरहेको समेत जानकारी दिए । ‘सकेसम्म निकुञ्ज क्षेत्र प्रवेशमा प्लास्टिक निषेध गराउने प्रयाससमेत भइरहेको छ,’ उनले भने, ‘त्यसकारण दर्शनार्थीहरुलाई पनि हामी प्लास्टिकजन्य सामग्री नल्याउन आग्रह गर्दछौँ ।’

images
प्रकाशित मिति :चैत्र १५, २०८१ शनिवार - ०७:११:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology