Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

रतुवा मृग मारेको आरोपमा दुई जना प्रहरीको फन्दामा

रतुवा मृग मारेको आरोपमा दुई जना प्रहरीको फन्दामा

images

इच्छाकामना न्युज

१९, चैत्र २०८१
रतुवा मृग मारेको आरोपमा दुई जना प्रहरीको फन्दामा
images

पोखरा । दुर्लभ वन्यजन्तु रतुवा मृग मारेको आरोपमा स्याङजाबाट दुई जना शिकारी पक्राउ परेका छन् । 
जिल्लाको पुतलीबजार नगरपलिका वडा नं.–११ माझी डाँडा जङ्गलमा मंगलबार मध्यराती रतुवा मृग मारेको आरोपमा दुई जना शिकारी पक्राउ परेका हुन् ।

रतुवा मृग मारेको आरोपमा पक्राउ परेका अभियुक्तहरुमा स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं.–१० का अन्दाजी ४४ वर्षको खर्क बहादुर गुरुङ र सोही नगरपालिकाको वडा नं.–११ बस्ने वर्ष अन्दाजी ४३ को सौबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ ।

प्रहरीले उनीहरुको साथबाट एक थान भरुवा बन्दुक र एउटा मारिएको रतुवा मृग पनि बरामद गरेको छ ।
पक्राउ परेका दुवै जनाको बारेमा आवश्यक अनुसन्धान भैइरहेको र मृत रतुवा मृग थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय स्याङ्जामा बुझाईएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र १९, २०८१ बुधवार - ०८:२१:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology