Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनीमा गण्डकी प्रदेश स्तरीय “सूचना प्रविधीको विकास र अबको पत्रकारिता” विषयक २ दिने बृहत अन्तरक्रिया कार्यक्रम सुरु 

आँबुखैरेनीमा गण्डकी प्रदेश स्तरीय “सूचना प्रविधीको विकास र अबको पत्रकारिता” विषयक २ दिने बृहत अन्तरक्रिया कार्यक्रम सुरु 

इच्छाकामना न्युज

१३, फाल्गुण २०७७
आँबुखैरेनीमा गण्डकी प्रदेश स्तरीय “सूचना प्रविधीको विकास र अबको पत्रकारिता” विषयक २ दिने बृहत अन्तरक्रिया कार्यक्रम सुरु 

आँबुखैरेनी, १३ फागुन । तनहुँको आँबुखैरेनीमा गण्डकी प्रदेश स्तरीय “सूचना प्रविधीको विकास र अबको पत्रकारिता” विषयक २ दिने बृहत अन्तरक्रिया कार्यक्रम बुधबार देखि सुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गण्डकी पोखरा र आँबुखैरेनी गाउँपालिकाको सहयोग तथा नेपाल आदीबासी जनजाती पत्रकार महासंघ फोनिज गण्डकी प्रदेशको आयोजनामा सो अन्तक्रिया कार्यक्रम सुरु भएको हो । 
अन्तरक्रिया कार्यक्रमको एक समारोहकाबीच गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री चुमानले अहिलेको युग भनेको सुचना प्रविधीको युग रहेको बताउनुहुदै जस्को सुचना प्रविधीमा पकट छ त्यो नै बलियो रहेको बताउनुभएको छ । सूचना प्रविधीको विकासमा दिनप्रतिदिन अपग्रेड हुदै गएको र पत्रकारहरुले ती प्रविधीहरुको बारेमा थाहा पाउनुपर्ने र सहि तरिकाले उपयोग गर्नुपर्ने मन्त्री चुमानले सुझाव दिनुभयो । पत्रकारलाई कसैले पनि जिम्मेवार नबनाउने र स्वयम् आफैंमा जिम्मेबार हुनुपर्ने उहाँले जोड दिनुभएको छ । उहाँले जनता प्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने बताउनुहुदै पत्रकारले गुणस्तरलाई पनि विकास गर्दै अगाडी बढ्नुपर्ने धारणा राख्नुभएको छ । 
सूचना प्रविधीको विकास र अबको पत्रकारिता” विषयक अन्तरक्रियाको बुधबार पहिलो दिनमा ग्लोबल मल्टिमिडियाका पत्रकार रजनीश भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । फोनिज गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगरको सभापतित्वमा भएको बृहत अन्तरक्रिया कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमान, तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी सागर आर्चाय, जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अरुण पौडे्ल, आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेल, फोनिज गण्डकी प्रदेशका ईन्चार्ज हुम बहादुर गुरुङ्ग, राससका कार्यकारी सम्पादक सुर्यचन्द्र बस्नेत, संसदीय पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष भरत कोइराला तथा फोनिज गण्डकी प्रदेशका पदाधिकारी लगाएत क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको फोनिज गण्डकी प्रदेशका सचिव सुनिता थापा मगरले जानकारी दिनुभयो ।

images

images
प्रकाशित मिति :फाल्गुण १३, २०७७ बिहिवार - ०७:०६:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology