Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

मोरङमा प्रवीण हत्या प्रकरणः मेहरमान दर्जीलाई थुनामा राख्न अदालतको आदेश

मोरङमा प्रवीण हत्या प्रकरणः मेहरमान दर्जीलाई थुनामा राख्न अदालतको आदेश

इच्छाकामना न्युज

१३, फाल्गुण २०७७
मोरङमा प्रवीण हत्या प्रकरणः मेहरमान दर्जीलाई थुनामा राख्न अदालतको आदेश
images

काठमाण्डौँ, १३ फागुन । मोरङको उर्लाबारी नगरपालिका–५ का प्रवीण बाँस्तोलाको हत्या आरोपमा प्रकाउ परेका दुईजना मध्ये एकजनालाई अदालतले थुनामा पठाएको छ । बिहिबार थुनछेक बहसपछि रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई जिल्ला अदालत मोरङले थुनामा पठाउने आदेश दिएको हो ।

images
images

जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले अर्का आरोपी कुमार राईलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । कुमार स्थानीय सौरभी होटलका सञ्चालक हुन् । ईलाका प्रहरी कार्यालय उर्लाबारीले प्रवीणको हत्या आरोपमा स्थानीय सौरभी होटल सञ्चालक कुमार राई र रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई पक्रेर अदालतमा उपस्थित गराएको थियो । सौरभी होटलका सञ्चालक कुमार उर्लाबारी–७ का स्थानीय हुन् ।

पुस ४ मा साथीहरुसँग मदिरा सेवन गरेका प्रवीण बिहान अचेत अवस्थामा भेटिएका थिए । उर्लाबारी–७ का रमेश गिरीको घरमा साथीको डेरामा अचेत अवस्था भएपछि उनलाई स्थानिय गोदावरी अस्पालमा पुर्याइयो । पुस ५ मा बिहान डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

images
प्रकाशित मिति :फाल्गुण १३, २०७७ बिहिवार - २०:५१:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology