Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

महिलालाई यौनव्यवसायमा लगाएको आरोपमा पोखरामा तीन जना पक्राउ

महिलालाई यौनव्यवसायमा लगाएको आरोपमा पोखरामा तीन जना पक्राउ

images

इच्छाकामना न्युज

३१, बैशाख २०८२
महिलालाई यौनव्यवसायमा लगाएको आरोपमा पोखरामा तीन जना पक्राउ
images

माछापुच्छ्रे (कास्की) । कास्की प्रहरीले मानव बेचबिखनको आरोपमा पोखरामा ३ जनालाई पक्राउ गरेको छ । पोखराको सिर्जनाचोकमा रहेको मनिका रेस्टुरेन्टमा प्रहरीले छापा मारेर ५ महिलाको उद्धार गरी ३ जनालाई  पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उद्धार गरिएका महिलाहरूलाई सुरक्षित आवास (सेफ हाउस) मा राखेको छ । अवैध यौन क्रियाकलाप भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उक्त रेस्टुरेन्टमा वैशाख २९ गते साँझ छापा मारेको हो । 

रेस्टुरेन्ट सञ्चालक ४० वर्षीय पदम लुङ्बा, पोखरा मालेपाटनका ५१ वर्षीय तेजनारायण तिमिल्सिना र तनहुँ व्यास नगरपालिका वडा नं. ५ का २१ वर्षीय सलन गुरुङ पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेले जानकारी दिनुभयो । प्रहरीका अनुसार सञ्चालक लुङ्बा मकवानपुरको बकंैया गाउँपालिका वडा नं. ४ स्थायी बासिन्दा हुनुहुन्छ भने उहाँले सिर्जनाचोकस्थित उक्त रेस्टुरेन्ट सञ्चालन गर्दै आउनुभएको थियो ।

डिएसपी बस्नेतका अनुसार उनीहरूलाई कास्की जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा ६ दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । पीडित महिलाहरूलाई विभिन्न प्रलोभन देखाइ यौन शोषण गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

images
प्रकाशित मिति :बैशाख ३१, २०८२ बुधवार - ०९:१२:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology