गोरखा । गोरखा दरौदी यातायात प्रालिको अध्यक्षमा दिपक वोहोरा निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतदानबाट बोहोरा २५४ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटत्तम प्रतिद्धन्दी नारायण खत्रीले ७९ मत प्राप्त गरेका छन् । अर्का प्रतिद्धन्द्धी अन्जन खत्रीले ७६ मत ल्याएका थिए ।
समितिको सदस्यहरुमा भने अर्जुन प्रसाद भट्ट, गणेश बहादुर वानिया, रविन्द्र खत्री, ज्ञानकाजी श्रेष्ठ, विनोद पोखरेल, नवराज थापा, राजु श्रेष्ठ, नारायण बाबु दानी, उज्वलराज मल्ल, सविन घले निर्वाचित भएका छन् । मतदानमा दुइ सय ५४ मत खसेको थियो ।
नारायण खत्री यसअघि प्रालिको पहिलो अधिबेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए भने अन्जन खत्री महासचिव थिए ।