Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

छेवेटारमा भेटिएको भग्नावशेषको पुरातत्व विभागले अध्ययन थाल्यो

छेवेटारमा भेटिएको भग्नावशेषको पुरातत्व विभागले अध्ययन थाल्यो

images
छेवेटारमा भेटिएको भग्नावशेषको पुरातत्व विभागले अध्ययन थाल्यो
images

गोरखा । गोरखा नगरपालिका–१० छेवेटारस्थित महादेवटारीमा भेटिएको पुरातात्विक भग्नावशेषको अध्ययन थालिएको छ । अध्ययनका लागि विगत केही दिनदेखि पुरातत्व बिभागको टोली गोरखामा छ । गत शुक्रवारदेखि स्थलगत अध्ययन भइरहेको बिभागका नवराज अधिकारीले बताए ।

महादेवस्थान संरक्षण तथा बिकास समितिद्धारा गत बर्ष सो क्षेत्रमा लट्टेश्वर महादेव मन्दिर पुननिर्माण गर्ने क्रममा पुरातात्विक संरचनाको भग्नावशेष फेला परेको थियो । काम रोकेर समितिले पुरातत्व बिभागलाई खवर गरेको थियो । करिव एक बर्षपछि बिभागको टोलीले स्थलगत अध्ययन थालेको हो । भेटिएका भग्नावशेषको उद्धार उत्खनन गर्ने कार्य भइरहेको बताउँदै अधिकारीले प्रारम्भिक अध्ययनको क्रममा उक्त भग्नावशेष कुनै मन्दिरको हुन सक्ने जानकारी दिए ।

‘यो हाम्रो प्रारम्भिक अध्ययन हो, पुरा भएको छैन,’ उनले भने, ‘अहिलेसम्म हेर्दा यो १७ औ शताब्दीतिर बनेको मन्दिर हुनसक्ने अनुमान गरेका छौँ ।’ उनका अनुसार भेटिएको गारो ७० सेन्टिमिटर चौडाइको छ । जग हेर्दा इट्टा, ढुंगाबाट निर्माण भएको र झिंगटीले छाएको कम्तिमा दुई तलाको मन्दिर हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

‘नजिकै रहेको राम मन्दिरतर्फ पनि संरचनाको केही भाग घुसेको देखिन्छ, सबै भाग उत्खनन गरेर अध्ययन गरेपछि मात्र के रहेछ भन्ने एकिन हुन्छ,’ उनले भने । भग्नावशेषसँगै केही ढुंगाहरु पनि भेटिएको भन्दै उनले थपे, ‘जगभन्दा माथिल्लो भागमा आइसकेपछि पेटीभन्दा माथि वरपर यही ढुंगामा थाम अड्याएर मन्दिरको भार ट्रान्सफर गरेको बुझिन्छ । गारोमा माटोको जोडाइहरु देखिन्छन् ।’

तर विस्तृत अध्ययन बिना एकिन गर्न नसकिने उनको भनाइ छ । विस्तृत अध्ययनका लागि दक्षिण पुर्व तर्फ रहेको राममन्दिर तर्फको भाग पनि उत्खनन गर्नुपर्ने उनले बताए । ‘दक्षिण पुर्व तर्फको राम मन्दिरमा पनि यसको संरचनाको केही भाग घुसेको देखिन्छ, यसको पुरै संरचना उत्खनन गरेर अध्ययन सकेपछि मात्र यसको संरक्षण कसरी गर्ने भन्ने बिभागले निर्णय गर्छ,’ उनले भने । संरक्षणको मोडालिटीबारे पनि त्यसपछि एकिन हुने उनले जानकारी दिए ।

प्रारम्भिक अध्ययन सकिएको बताउँदै उनले हाललाई अस्थायी रुपमा उक्त संरचनाको संरक्षण गरेर जाने बताए । प्लाष्टिकले ढाकेर माथिबाट माटोले संरक्षण गरिने उनले जानकारी दिए । तत्काल सो क्षेत्रमा उत्खनन नगर्न र कुनै पनि संरचना निर्माण नगर्न बिभागले स्थानीयलाई आग्रह समेत गरेको छ ।

images
प्रकाशित मिति :जेठ ४, २०८२ आइतवार - १६:५८:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology