Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बेँसीसहर नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्ड

बेँसीसहर नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्ड

images
बेँसीसहर नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्ड
images

लमजुङ, जेठ ६ गते । लमजुङको मध्यनेपालमा सम्पन्न १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेँसीसहर नगरपालिकाले जितेको छ ।

१२ स्वर्ण, ९ रजत र ५ काश्य गरी २६ पदकसहित बेँसीसहर नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड उचालेको हो । ७ स्वर्ण, ८ रजत र ७ काश्य गरी २२ पदकसहित सुन्दरबजार नगरपालिका उपविजेता बन्न सफल भयो । ६ स्वर्ण, ३ रजत र ४ काश्य पदक गरी १३ पदक जितेर दोर्दी गाउँपालिका तृतीय बन्न सफल भयो । प्रतियोगितामा मर्स्याङ्दी गाउँपलिकाले अनुशासित टिमको ट्रफी हात पार्‍यो ।

प्रतियोगितामा आठवटै पालिकाका विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतिगितामा तीन हजार मिटर दौड, पन्ध्रसय, चार सय, दुईसय मिटर दौड, छात्रछात्रा भलिबल प्रतियोगिता, हाइजम्प, लङजम्प, सय मिटर रिले, ज्याभलिङ थ्रो, सटफुटलगायतका खेल सम्पन्न भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

विजेता टिम र खेलाडी छात्र छात्रहरूलाइ ट्रफी मेडल र प्रमाण पत्र वितरण गरिएको जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष रवि थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी वर्ष मर्स्याङ्दी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्नेगरी जिल्ला खेलकुद विकास समितिले झण्डा हस्तान्तरण गरेको थियो । जिल्ला स्तरीय खेल जित्ने टिमले गण्डकी प्रदेश स्तरीय खेलमा सहभागी बन्न पाउने छन् ।

images
प्रकाशित मिति :जेठ ६, २०८२ मंगलवार - १४:४८:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology