पोखरा । तमु समुदायको अग्रणी सामाजिक सामुदायिक संस्था तमु धिं नेपालको ४१ औं स्थापना दिवसमा ६७ जनाले रक्तदान गरेका छन ।
तमु धिं नेपाल केन्द्रिय युवा समितिद्वारा पोखराको महेन्द्रपुलमा आयोजित रक्तदान कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका उपप्रमुख मन्जुदेवी गुरुङले पहिलो रक्तदाता तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथी उपमेयर गुरुङले तमु युवाहरुले रचनात्मक र सिर्जनात्मक कार्यमा लागेकोमा खुशी ब्यक्त गर्नु हुँदै युवाले नेपालमै सपना देख्नु पर्ने बताउनु भयो। उहाँले तमु धिं नेपालको ४१ औं स्थापना दिवसको अवसरमा शुभकामना ब्यक्त गर्नु भयो।
कार्यक्रमकाका विशेष अतिथी तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले तमु धिं स्थापना दिवसको अवसरमा शुभकामना ब्यक्त गर्नुहुदै तमु धिं नेपाल केन्द्रिय युवा समितिले मानवीय हितको लागि रक्तदान कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ब्यक्त गर्नु भयो। युवाहरु बिदेशिएको अवस्थामा आफ्नो समुदायको मौलिकता संरक्षण, अधिकार र समाजकै समृद्धिको लागि कृयाशील भएकोमा धन्यवाद ब्यक्त गर्नुभयो।
तमु धिं नेपाल केन्द्रिय युवा समितिका अध्यक्ष रमेश गुरुङको अध्यक्षता, सहसचिव हेमन्त गुरुङ र सल्लाहकार बिग्नेस थापाले कार्यक्रम संचालन गर्नु भएको थियो।
युवा समितिको उपाध्यक्ष सुदर्शन गुरुङको संयोजकत्वमा सम्पन्न कार्यक्रममा प्रदेस रक्त संचार केन्द्रले प्राविधिक सहयोग गरेको थियो।