Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा छात्रवृत्ति छनौट परीक्षा सप्पन्न

तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा छात्रवृत्ति छनौट परीक्षा सप्पन्न

images

इच्छाकामना न्युज

१०, जेठ २०८२
तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा छात्रवृत्ति छनौट परीक्षा सप्पन्न
images

१० जेठ, पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा शैक्षिकसत्र २०८२ को लागि नयाँ विद्यार्थी छनौट गर्न यही जेठ १० गते, शनिबार पोखरा फिर्के स्थित पोखरा इन्जिनियरिङ कलेजमा "छात्रवृत्ति छनौट परीक्षा" सम्पन्न गरेको छ । संस्थाका प्रथम उपाध्यक्ष एवम् छात्रवृत्ति छनौट परीक्षा उपसमितिका संयोजक श्रीजङ तमुले कार्यक्रम बारे प्रकाश पार्नुभएको थियो भने प्रश्नपत्र र परीक्षा सम्बन्धमा संस्थाका सदस्य लोकबहादुर तमुले प्रष्ट पार्नुभएको थियो ।

बिगत १६ बर्षदेखि निरन्तर रुपमा ग्रामीण भेगका सार्वजनिक विद्यालयहरुमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुलाई परीक्षा लिइ सन्चालन गर्दै आइरहेको छात्रवृत्ति वितरण कार्यक्रमका लागि यस बर्ष कास्की, तनहुँ, स्याङ्जा र पर्वतका विद्यार्थीहरुलाई समेटेको जानकारी संयोजक तमुले बताउनु भयो ।

चार जिल्लाका विभिन्न विद्यालयहरुबाट ४१ जना विद्यार्थीहरुको सहभागिता रहेको यस परीक्षामा लिखित र मौखिक मुल्यांकनबाट उत्कृष्टताको आधार ८ जना विद्यार्थीहरु छनौट गरिने र यस बर्षबाट छात्रवृत्ति रकम वृद्धि गरि बार्षिक रु १२,०००/- प्रति व्यक्ति कक्षा ९-१२ सम्म निरन्तर रुपमा प्रदान गरिने तथ्य संस्थाका अध्यक्ष चित्रबहादुर तमुले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न यस कार्यक्रम सचीव कन्चन तमुले सन्चालन गर्नुभएको थियो भने कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरु, प्रधानाध्यापकहरु एवम् शिक्षकहरु र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :जेठ १०, २०८२ शनिवार - २३:०९:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology