Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

जीर्ण भवनले अपाङ्गता भएका विद्यार्थीलाई समस्या

जीर्ण भवनले अपाङ्गता भएका विद्यार्थीलाई समस्या

images

इच्छाकामना न्युज

१२, जेठ २०८२
जीर्ण भवनले अपाङ्गता भएका विद्यार्थीलाई समस्या
images

तनहुँ, जेठ १२ गते । तनहुँको व्यास नगरपालिका–६ शिशाघाटस्थित महेन्द्रज्योति माध्यमिक विद्यालयमा बौद्धिक अपाङ्गता विद्यार्थी अध्ययन गर्ने भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएको छ ।

भवनको छानो चुहिँदा वर्षायाममा पठनपाठनमा समस्या हुँदै आएको छ । वर्षायाम सुरु भएको र टिनमा ठूला–ठूला प्वालले पढाउँदा पढाउँदै पानी पर्दा समस्या भइरहेको अपाङ्गता स्रोत कक्षाका शिक्षक शिव ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कहिले हावाहुरीले छानो उडाइदिन्छ, उडाएको छानो ल्याएर पुनः छाउने काम पनि ग¥र्यौ, जस्तापाताको प्वालले पानी चुहिने समस्या छ ।” गत वर्षको हावाहुरीले भवनको जस्तापाता उठाएको थियो ।

उडाएको जस्तापाता खोजेर ल्याएर पुनः छाउने काम गरिएको उहाँको भनाइ छ । विद्यालयको स्रोतकक्षामा ११ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययनरत छन् । धादिङ घर भएका दीपक गुरुङ परिवारसहित पोखरा पुगेका थिए । ज्याला मजदुरी गर्ने उनको परिवार काममा जाँदा बौद्धिक अपाङ्गता उनी बेवारिसे अवस्थामा पोखरा बजारमा भेटिएका थिए ।

हाल उनी विद्यालयको अपाङ्गता स्रोतकेन्द्रमा आवासीय रुपमा अध्ययन गरिरहेका छन् । तनहुँका रिमबहादुर नेपाली सानै छँदा बौद्धिक अपाङ्गता भएको थाहा पाएपछि बाबुआमाले छाडिदिएका थिए । हजुरआमाले लालनपालन गरेका उनलाई पछि यहीँ स्रोतकेन्द्रमा ल्याएर भर्ना गरिएको थियो ।

स्रोतकेन्द्रका कर्मचारी साधन श्रेष्ठका अनुसार यहाँ विभिन्न ठाउँका अपाङ्गता भएका विद्यार्थी आवासीय रुपमा अध्ययन गरिरहेका छन् । विद्यालयका प्रधानाध्यापक हरिराज काफ्लेले स्रोत साधन अभावमा बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययन गर्ने भवनको मर्मत गर्न नसकिएको बताउनुभयो । उहाँले विद्यालयमा रिक्त रहेको स्रोत शिक्षक दरबन्दी पदपूर्ति समेत हुन नसकेको बताउनुभयो ।

images
प्रकाशित मिति :जेठ १२, २०८२ सोमवार - ०७:३५:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology