Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नवलपुरमा मोटरसाइकल दुर्घटना : दुईको मृत्यु, एक गम्भीर घाइते

नवलपुरमा मोटरसाइकल दुर्घटना : दुईको मृत्यु, एक गम्भीर घाइते

images

इच्छाकामना न्युज

१३, जेठ २०८२
नवलपुरमा मोटरसाइकल दुर्घटना : दुईको मृत्यु, एक गम्भीर घाइते
images

काठमाडौं । नवलपुरको मध्यविन्दु नगरपालिका–७ स्थित अम्रसा जंगलमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

उनीहरु लु ९ प ८११६ नम्बरको मोटरसाइकलमा सवार थिए । मोटरसाइकल अम्रसाबाट चोरमारा जाँदै गर्दा बाटो चिप्लो भएका कारण अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा चोरमारा निवासी २४ वर्षीय नविन कुमाल र २२ वर्षीय रादिम मिधुन रहेका छन् । उक्त दुर्घटनामा २८ वर्षीय मनिष घर्ती मगर गम्भीर घाइते भएका छन् ।

उनको उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।

images
प्रकाशित मिति :जेठ १३, २०८२ मंगलवार - ०९:२०:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology