चितवन, १५ फागुन । चितवनमो पनि ३९ औ राष्ट्रिय मगर दिवस मनाईएको छ। चितवनको भरतपुर स्थित झेर्नी मगर समुहले नाचगान सहित ¥याालीको आयोजना गरेर आज परेको ३९ औ राष्ट्रिय मगर दिवस मनाएको हो।

मगर इतिहास, भाषा, संस्कृति र धर्म संरक्षण सम्बद्र्धन मगरहरुको मुलमन्त्र, मगरात पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने मुल नारा बोकेको नेपाल मगर संघले फागुन १५ मा देश विदेशमा मगर एकताको दिवस मनाउंदै आएको छ।