Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखामा बन्दको अवज्ञा गरेको भन्दै यात्रुवाहक बस तोडफोड

गोरखामा बन्दको अवज्ञा गरेको भन्दै यात्रुवाहक बस तोडफोड

images

इच्छाकामना न्युज

१६, जेठ २०८२
गोरखामा बन्दको अवज्ञा गरेको भन्दै यात्रुवाहक बस तोडफोड
images

गोरखा, जेठ १६ । गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ नियमावलीको विरोधमा आन्दोलनरत यातायात व्यवसायीहरूले गोरखामा यात्रुवाहक बस तोडफोड गरेका छन्।

शुक्रबार दिउँसो करिब ३ बजे गोरखा नगरपालिका–५ स्थित बाह्रकिलो चोकमा काठमाडौंबाट यात्रु ल्याउँदै गरेको बा ५ ख ५३९९ नम्बरको बसमाथि तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

तोडफोडबाट बसको अगाडिको सिसामा क्षति पुगेको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिहरुको खोजी भइरहेको जानकारी दिएको छ। यातायात व्यवसायीहरू प्रदेश सरकारले ल्याएको नियमावलीले आफ्ना व्यवसायमा असर पर्ने भन्दै विरोधमा उत्रिएका हुन्।

उनीहरूले आज प्रदेशभर बन्दको आह्वान गरेका थिए। बन्दको अवज्ञा गर्दै सञ्चालनमा रहेका सवारीसाधनहरू लक्षित गर्दै विभिन्न स्थानमा अवरोध र आक्रमणका घटनाहरू भइरहेका छन्। प्रहरीले शान्ति सुरक्षालाई ध्यानमा राख्दै आवश्यक सुरक्षा व्यवस्था मिलाइएको बताएको छ।

images
प्रकाशित मिति :जेठ १६, २०८२ शुक्रवार - १९:०२:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology