Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

लमजुङमा खुकुरी प्रहारपछि फरार अभियुक्तको देउवासँग भेटघाट

लमजुङमा खुकुरी प्रहारपछि फरार अभियुक्तको देउवासँग भेटघाट

images

इच्छाकामना न्युज

१८, जेठ २०८२
लमजुङमा खुकुरी प्रहारपछि फरार अभियुक्तको देउवासँग भेटघाट
images

पोखरा । तरुण दल लमजुङको अधिवेशनमा विवादका क्रममा ज्यानै मार्ने उद्देश्यले खुकुरी प्रहार हुँदा ४ जना घाइते बने । आँखै अगाडि खुकुरी प्रहार हुँदा पनि पक्राउ नगरी छोडिदिएको प्रहरीले तत्काल जाहेरीसमेत लिएन । नेताहरूको दबाबमै जाहेरी दर्ता भयो र खुकुरी हान्ने १ जना पक्राउ परे ।

खुकुरी हान्नेलाई कानुनी कारबाही अगाडि नबढाउन दबाबकाबीच जाहेरी दर्ता भएपछि प्रहरीले अझै ४ जना फरार रहेको बताइरहेको छ । नेताहरूकै वरिपरि हिँडिरहेको खबर पाए पनि प्रहरीले पक्राउ गर्न नसकेको पीडितले गुनासो गरिरहेका छन् । प्रहरीले उनीहरूको खोजी भइरहेको जनाएको छ ।

तर, खुकुरी प्रहारका अभियुक्तले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग बैठक गरेका छन् । खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले खाजी गरिरहेका फरार अभियुक्त तथा तरुण दल लमजुङका कार्यबाहक अध्यक्षसमेत रहेका कुमराशी गुरुङ (भूपेश)ले देउवासँग भेटघाट तथा बैठक गरेको तस्वीर सामाजिक सञ्जालमै आएको छ । गत जेठ ३ गते तरुण दल लमजुङको अधिवेशनका क्रममा विवाद हुँदा खुकुरी प्रहार भएको थियो ।

खुकुरी प्रहारबाट नगरपालिका–९ का वडाअध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य शंकर सापकोटा घाइते भएका थिए । चौतर्फी दबाबपछि घटना भएको ७ गतेमात्र जाहेरी दर्ता गरेर ५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

मध्यनेपाल नगरपालिका–७ का किरण गुरुङ, सोही वडाका धनबहादुर तामाङ, राइनास नगरपालिका–६ का गणेश गुरुङ र मर्स्याङ्दी गाउँपालिका–५ का कुमराशी गुरुङ (भूपेश) र होमराज घलेलाई ज्यान मार्ने उद्योगमा पक्राउ पूर्जी जारी भएको छि । किरण गुरुङलाई प्रहरीले १५ गते प्रक्राउ गरेको थियो । बाँकी अहिलेसम्म फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर शाह तेलीले जानकारी दिए । ‘उनीहरूको खोजी कार्य भइरहेको छ । सबैलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउँछौं,’ तेलीले भने, ‘किरणलाई भने ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।’ प्रहरीले खोजी गरिरहेको भनिएका ज्यान मार्ने उद्योगका फरार अभियुक्त भूपेशले देउवासँग बैठक तथा भेटघाट गरेका हुन् ।

गण्डकीका अर्थमन्त्रीसमेत रहेका कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङ, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङ, सुन्दरबजार नगरपालिका प्रमुख कृष्ण कोइराला, नेपाली काङ्ग्रेस जिल्ला सभापति तथा गण्डकी अर्थ मन्त्री टकराज गुरुङ, नेवि संघ केन्द्रीय सदस्य राजकुमार गुरुङ, तरुण दल केन्द्रीय सदस्य बृषराज गुरुङ, नेपाली कांग्रेस लमजुङ जिल्ला उपसभापति श्रीकान्त घिमिरे, जिल्ला सचीव कृष्णबहादुर अधिकारीसहित भूपेशले देउवासँग भेटवार्ता गरेका हुन् ।

images
प्रकाशित मिति :जेठ १८, २०८२ आइतवार - ०८:४९:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology