Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चार दिनपछि दुम्किबासमा दुईतर्फी यातायात सञ्चालन

चार दिनपछि दुम्किबासमा दुईतर्फी यातायात सञ्चालन

images

इच्छाकामना न्युज

१८, जेठ २०८२
चार दिनपछि दुम्किबासमा दुईतर्फी यातायात सञ्चालन
images

नवलपरासी । चार दिनअघि दुम्किबासको विनयी खोलको डाइभर्सन सडक बगाएपछि एकतर्फी सञ्चालन भइरहेको यातायात आइतबार बिहानदेखि दुईतर्फी नै आउजाउ सुरु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुईतर्फी गाडी आउजाउ सुरु भएपछि दाउन्नेमा गत २२ घन्टादेखि रोकिएका गाडी गन्तव्यतर्फ छुटेका छन् । महेन्द्रराजमार्ग हुँदै पूर्व–पश्चिमका लागि छुटेका गाडी दुम्किबासको विनयी खोलाको डाइभर्सनमा एकतर्फी यातायात सञ्चालन हुँदा पालो पर्खेका सयौं गाडी दाउनन्ने र दुम्किबासमा अलपत्र थिए ।

शनिबार दिउँसो दाउन्नेदेखि चोरमारा नजिकसम्मको १७ किलोमिटरसम्म जाम थियो । गत बुधबार राति बगाएको डाइभर्सन निर्माण गरेर आज आइतबार बिहानदेखि दुईतर्फ नै यातयात सुचारु भएको हो । सडक बिस्तारको क्रममा रहेको दाउन्नेको १४ किलोमिटर सडक खण्डमा दिनहुँ घण्टौं जाम हुने गरेको छ ।

सडक निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले त्यहाँ कछुवा गतिमा काम गर्दा यस्तो समस्या भइरहेको हो ।

images
प्रकाशित मिति :जेठ १८, २०८२ आइतवार - ०८:५७:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology