Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखा-आरुघाट सडक खण्डकाे ढुङ्गागाढेमा सडक भासियो, यातायात ठप्प

गोरखा-आरुघाट सडक खण्डकाे ढुङ्गागाढेमा सडक भासियो, यातायात ठप्प

images

इच्छाकामना न्युज

१९, जेठ २०८२
गोरखा-आरुघाट सडक खण्डकाे ढुङ्गागाढेमा सडक भासियो, यातायात ठप्प
images

गोरखा । गोरखा-आरुघाट सडक खण्ड अन्तर्गत गोरखा नगरपालिका-८ स्थित ढुङ्गागाढेमा सडक भासिँदा सवारी आवागमन प्रभावित बनेको छ । गत वर्षकै वर्षाले उक्त सडक चर्किएको थियो ।

आरुघाट, मनकामनालगायतको क्षेत्र पुग्ने मुख्य सडकअन्तर्गतको ढुङ्गागाढेमा सडक भासिँदा ठूला सवारी साधन चल्न सकेका छैनन् । साना सवारी मुस्किलले आउजाउ भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी ईन्द्रप्रसाद सुवेदीले बताए ।

‘ढुङ्गागाढेको खोल्सामा ह्युमपाइप राखेको ठाउँबाट सडक भासिएको छ,’ उनले भने,‘मोटरसाइकल र सानो गाडी पास भएका छन्, ठूला गाडी हिँड्न सकेका छैनन् ।’

उक्त सडक भएर सहिद लखन, भीमसेन थापा, आरुघाट, चुमनुव्रीलगायतका क्षेत्रका स्थानीय आउजाउ गर्दै आएका छन् ।

images
प्रकाशित मिति :जेठ १९, २०८२ सोमवार - ०७:५४:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology