Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते

कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते

images

इच्छाकामना न्युज

१९, जेठ २०८२
कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते
images

नवलपुर, जेठ १९ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती–१६ चालिस किलोमामा मोटससाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

सोमबार बिहान चोरमाराबाट रजहरतर्फ जाँदै गरेको ग.प्र. ०४–००१ प १३०९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार दुर्घटनामा कावासोती–१७ का १९ वर्षीय विशाल चौधरी, देवचुली नगरपालिका–१६ शान्तिटोलका १९ वर्षीय मनिष महतो र सोही ठाउँका १८ वर्षीय रोहित थनेत घाइते हुनुभएको छ ।

तीनै जना एउटै मोटर साइकलमा सवार रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ ।

images
प्रकाशित मिति :जेठ १९, २०८२ सोमवार - ०८:०१:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology