Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

देवचुलीमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किदा भ्यान चालकको मृत्यु

देवचुलीमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किदा भ्यान चालकको मृत्यु

images

इच्छाकामना न्युज

१९, जेठ २०८२
देवचुलीमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किदा भ्यान चालकको मृत्यु
images

नवलपुर । नवलपुरको देवचुलीमा एम्बुलेन्स र स्कुल भ्यान आपसमा ठोक्किएर भएको दुर्घटनामा स्कुल भ्यान चालकको ज्यान गएको छ ।

देवचुलीस्थित दुम्कौलीमा सोमबार बिहान भएको दुर्घटनामा देवचुली १ का ५२ वर्षका कुल प्रसाद सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बिरामीसहित पश्चिमबाट पूर्व जाँदै गरेको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको दिब्य एकेडेमीको भ्यान ठोक्किदा दुवै साधनमा सवार घाइते छन्।

ना ४ च ४६१६ नम्वरको एम्बुलेन्समा सवार बुटबल ३ गोलपार्ककी ३६ वर्षकी लक्ष्मी राई, सोही ठाउँका २५ वर्षका स्नेहा परियार र इशु राईलाई उपचारका लागि भरतपुर पठाईएको जनाईएको छ । स्कूल भ्यानमा स्कूल आउदै गरेका देवचुली १७ रजहरकी १० वर्षीया आयुषा गौतम र देवचुली ४ की ६ वर्षीया सोखनिया रोक्का स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि डिस्चार्ज भएका प्रहरीले जनाएको छ ।

एम्बुलेन्स चालक भरतपुर ९ गोन्द्राङका भैरबबहादुर थापा प्रहरीको नियन्त्रणमा छन् । दुर्घटनामा परेका थापा भने सकुशल रहेका प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ १९, २०८२ सोमवार - १२:३५:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology