घिरिङ्ग, १९ जेष्ठ । तनहुँको घिरिङ्ग गाँउपालिका १ स्थित भन्तार भन्ने स्थानमा आज बिहान ट्याक्टर दुर्घटना भएको छ।
घटनामा ट्याक्टर चालकलाई भने कुनै चोटपटक नलागेपनि सहचालकलाई हल्का चोटपटक लागेको छ। सहचालकलाई उपचारका लागि तत्काल पोखरा लगिएको प्रहरीले जनाएको छ।
दुर्घटनाका कारण भने खुल्न सकेको छैन, तर स्थानिय निकाय र प्रहरीले घटनास्थलको छानबिन सुरु गरेको छ। दुर्घटनामा संलग्न ट्याक्टरको अवस्था पनि जाँच भइरहेको छ, र दुर्घटनाको वास्तविक कारण पत्ता लगाउने प्रक्रिया जारी छ।