Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भृकुटी कागज कारखानाले असार मसान्तभित्र मजदुरको तलब दिने

भृकुटी कागज कारखानाले असार मसान्तभित्र मजदुरको तलब दिने

images

इच्छाकामना न्युज

२१, जेठ २०८२
भृकुटी कागज कारखानाले असार मसान्तभित्र मजदुरको तलब दिने
images

गैँडाकोट, जेठ २१ गते । देशकै गौरवको कारखानाका रूपमा रहेको नवलपरासीपूर्वको गैँडाकोटमा अवस्थित भृकुटी कागज कारखाना लिमिटेडका मजदुरले कारखाना बन्द हुनुभन्दा अघिको तलब भत्ता पाउने भएका छन् । १४ वर्षदेखि बन्द भृकुुटी कागज कारखाना अहिले खण्डहरमा परिणत भइसकेको छ भने यसमा रहेका मेसिन कुहिएर गइसकेका छन् । यहाँ कार्यरत मजदुरले कारखाना बन्द हुनुअघिको तलब भत्ता पनि नपाएकाले अब भने सो तलब भत्ता दिन कारखाना व्यवस्थापन सहमत भएकाले यही असार मसान्तसम्म रकम पाउने गरी मजदुर सहमत भएको नेपाल टे«ड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष ललित श्रेष्ठले बताउनुभयो । 

यहाँ कार्यरत मजदुरले कारखानासँग ३२ करोड रुपियाँ तलबबापतको भुक्तानी पाउने गरी कारखाना व्यवस्थापन र मजदुरबिच सहमति भएको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । उक्त कारखाना १४ वर्षदेखि पूर्ण रूपमा बन्द रहेको छ । यस कारखाना चिनियाँ सरकारको सहयोगमा नेपाल सरकारले सुरुमा सञ्चालन गर्दै आएको तर बिचमा सरकारले गोल्छा अर्गनाइजेसनलाई बिक्री गरी निजीकरण गरिएको थियो ।

कारखानामा कार्यरत मजदुरको तलब भत्ता दिलाउन ट्रेड युनियनले बेला बेलामा सङ्घर्ष गर्दै आएका र अहिले पेपर मिलका प्रतिनिधि रमेशकुमार दाहाल र आधिकारिक ट्रेड युनियनका मजदुर प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरी तलब भत्ता दिन कारखाना व्यवस्थापन पक्ष सहमत भएको पेपर मिलका प्रतिनिधि रमेशकुमार दाहालले बताउनुभयो । 

पीडित मजदुरका तर्फबाट आन्दोलन समितिका संयोजक दर्शन सापकोटाले कारखाना व्यवस्थापनसँग लिखित सहमति भएको बताउनुभयो । २०६७ सालअघि र त्यसपछि कारखाना सञ्चालन हुँदादेखिकै हालसम्मको तलब दिने गरी सहमति भएको सापकोटाले बताउनुभयो । नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष ललित श्रेष्ठका अनुसार त्यहाँ कार्यरत कर्मचारी र मजदुरमध्ये ३२८ कर्मचारीले तलबबापतको ३२ करोड रुपियाँ रकम पाउने भएका हुन् । सम्झौता भएको मितिले असार मसान्तभित्र सबै रकम भुक्तानी गर्ने सहमति भएको छ ।  

images
प्रकाशित मिति :जेठ २१, २०८२ बुधवार - ०८:५९:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology