दमौली (तनहुँ) । तनहुँको व्यास नगरपालिका–१० बैरेनीस्थित चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयमा दृष्टिविहीन अपाङ्गता भएका सात जनालाई निःशुल्क आवासीय शिक्षाको व्यवस्था गरिएको छ ।
दृष्टिविहीन विद्यार्थीलाई सहज रुपमा अध्ययन गर्न पाउने वातावरण सिर्जना गर्न विद्यालयमा आवासीय कक्षा सञ्चालन गरिएको प्रधानाध्यापक रामचन्द्र पोखरेलले बताए। उनीहरूलाई ब्रेल पाठ्यपुस्तकको व्यवस्था पनि गरिएको छ ।