Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा छात्रवृत्ति वितरण

तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा छात्रवृत्ति वितरण

images

इच्छाकामना न्युज

२४, जेठ २०८२
तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा छात्रवृत्ति वितरण
images

२४ जेठ, पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित "तमु विद्यार्थी छात्रवृत्ति वितरण" कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ ।

शैक्षिकसत्र २०८२ का लागि छात्रवृत्ति वितरण गरिएको यस प्रथम चरणको कार्यक्रमका प्रमुख अतिथी चिल्ड्रेन एकेडेमीका संस्थापक प्राचार्य हिमाल तमुले कडा मेहनत गरि राष्ट्रको सेवा गर्न विद्यार्थीहरुलाई प्रोत्साहन दिनुभएको थियो ।

कार्यक्रममा संस्थाका कानूनी सल्लाहकार कर्णबहादुर तमु, बनस्थली मा.वि. लम्जुङमा कक्षा ११ अध्ययनरत विद्यार्थी सङ्गीता तमु र संस्थाका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक श्रीजङ तमुले मन्तव्य राख्नुभएको थियो ।

कास्की, स्याङ्जा, पर्वत, तनहुँ र लम्जुङ पश्चिमी भेगका विभिन्न विद्यालयमा कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको यस कार्यक्रममा संस्थाका सल्लाहकार, अक्षयकोषदाताहरु, संस्थापकहरु, अभिभावकहरु, पत्रकारहरु, विद्यार्थी समितिका सदस्यहरु तथा विद्यार्थीहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

यस बर्ष १७७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने यस संस्थाले र अर्को हप्ता लमजुङ र गोर्खामा, त्यसपछि अन्य जिल्लाहरुमा छात्रवृत्ति वितरण गर्ने जानकारी संयोजक तमुले दिनुभयो ।

संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सचीव कन्चन तमुले संचालन गरेको थियो ।

images
प्रकाशित मिति :जेठ २४, २०८२ शनिवार - २०:२९:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology