Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मनपाङमा नेपाल पत्रकार महासङ्घ तनहुँको बैठक सम्पन्न

मनपाङमा नेपाल पत्रकार महासङ्घ तनहुँको बैठक सम्पन्न

images

इच्छाकामना न्युज

२४, जेठ २०८२
मनपाङमा नेपाल पत्रकार महासङ्घ तनहुँको बैठक सम्पन्न
images

दमाैली, २४ जेठ । नेपाल पत्रकार महासङ्घ तनहुँको घुम्ती बैठक म्याग्दे गाउँपालिका–६ मनपाङमा शनिबार सम्पन्न भएको छ । मनपाङस्थित थानीमाइ देवी मन्दिर परिसरमा बसेको बैठकले जिल्लास्थित स्थानीय तह, सरकारी कार्यालयबाट प्रवाह हुने सूचना नेपाल पत्रकार महासङ्घ तनहुँमार्फत् एकद्वार प्रणालीबाट प्रवाह गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

जिल्लास्थित सञ्चारमाध्यमलाई दीर्घकालिन बनाउन सरकारी कार्यालयबाट प्रवाह गरिने सूचनालाई समानुपातिक हिसाबले वितरण गर्न एकद्वार प्रणाली उपयुक्त रहेको शाखाका अध्यक्ष धनपति (डिपी) अधिकारीले बताउनुभयो । बैठकले म्याग्दे गाउँपालिका–६ मनपाङको पर्यटन प्रबद्र्धनका लागि सबै सञ्चारमाध्यमलाई प्रचारप्रसार गरिदिन आग्रह गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले पर्यटनको प्रचुर सम्भावना बोकेको मनपाङ गाउँको होमस्टे प्रबद्र्धनका लागि सञ्चारकर्मी र जनप्रतिनिधिबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्न सहयोग गरेकामा गाउँपालिकालाई धन्यवाद दिने निर्णय गरेको छ ।

बैठकमा नेपाल पत्रकार महासङ्घ तनहुँका संस्थापक अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी, शाखाका सल्लाहकार नारायण खड्काको उपस्थिति थियो ।

images
प्रकाशित मिति :जेठ २४, २०८२ शनिवार - २०:३४:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology