Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गण्डकी प्रदेशका चार जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

गण्डकी प्रदेशका चार जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

images

इच्छाकामना न्युज

१, आषाढ २०८२
गण्डकी प्रदेशका चार जिल्ला पूर्णखोप सुनिश्चित घोषणा
images

गण्डकी । गण्डकी प्रदेशको तनहुँ, बागलुङ, म्याग्दी र मनाङलाई पूर्णखोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि २३ महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएपछि चारवटै जिल्लालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिएको हो ।

प्रदेशका बाँकी सात जिल्ला पनि पूर्णखोप सुनिश्चितताको अभियानमा जुटेका छन् । आगामी असारभित्रमा ती जिल्ला पनि पूर्णखोप सुनिश्चित जिल्लाका रूपमा घोषणा हुने प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तनहुँ र बागलुङलाई शुक्रबार पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । म्याग्दीलाई गत वैशाख २८ गते र मनाङलाई यही जेठ ७ गते घोषणा गरिएको थियो ।

पहिलोपटक २०७५ सालमा गण्डकी प्रदेश नै पूर्णखोप सुनिश्चित प्रदेश घोषणा भए पनि त्यसयता बर्सेनि हरेक स्थानीय तह, जिल्ला र प्रदेशलाई पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गर्ने गरिएको हो । जिल्ला खोप समन्वय समिति बागलुङका सदस्यसचिव घनश्याम सापकोटाले जन्मेदेखि २३ महिना उमेर समूहका बालबालिकाले १३ प्रकारका रोगविरुद्ध लगाइने सम्पूर्ण खोप पाएपछि पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्ने गरिएको बताए। जिल्लाका तीन हजार ५५२ बालबालिकाले उमेरअनुसार पाउनुपर्ने सबै खोप पाएको उनको भनाइ छ ।

'कुनै पनि बालबालिका खोपबाट वञ्चित नभएको अवस्थामा पूर्णखोप सुनिश्चित घोषणा गर्ने गरिएको छ, घोषणासँगै यसको दिगोपनाका लागि हरेक वर्ष खोप अभियान सञ्चालन हुने गर्छ,' उनले भने। खोप लगाउनबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् भनेर खोजीखोजी खोप लगाउने गरिएको सदस्यसचिव सापकोटाले बताए।

images
प्रकाशित मिति :आषाढ १, २०८२ आइतवार - १०:२७:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology