Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नारायणी नदीले खतराको तह पार गर्‍यो : डण्डा र दुम्कौलीमा सतर्कता अपनाउन आग्रह

नारायणी नदीले खतराको तह पार गर्‍यो : डण्डा र दुम्कौलीमा सतर्कता अपनाउन आग्रह

images

इच्छाकामना न्युज

३, आषाढ २०८२
नारायणी नदीले खतराको तह पार गर्‍यो : डण्डा र दुम्कौलीमा सतर्कता अपनाउन आग्रह
images

काठमाण्डौ । नवलपरासी, चितवन आसपासमा ठूलो पानी परेसँगै नारायणी नदीमा जलसतहले खतराको तह पार गरेको छ । नवलपरासीको डण्डा र दुम्कौली आसपासका क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

नवलपरासीमा पछिल्लो ६ घण्टामा एक सय ६० मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै कावासोती र गिरिउवारी क्षेत्र आसपासका खोलामा पनि बाढी आउन सक्ने सम्भावना छ । गएराति मध्यम वर्षा भएको काठमाण्डौ उपत्यकामा बिहान पानी पर्नेक्रम रोकिएको छ । आज दिउँसो पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

सबै प्रदेशहरूका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ ।

अहिले कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भागमा र लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव छ । देशको पश्चिमी भागमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ ३, २०८२ मंगलवार - १०:१५:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology