Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध

images

इच्छाकामना न्युज

४, आषाढ २०८२
नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध
images

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध भएको छ । विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन फेरि बगाएको छ ।

गएरातिको पानीले खोलामा बाढी आएपछि त्यसअघि हिजो दिउँसो बनाएको अस्थायी डाइभर्सन पुनः बगाएको हो । डाइभर्सन बगाएपछि गाडी आवागमन दुईतर्फी नै बन्द भएको छ । पानी परेसँगै विनयी खोलामा बाढी आएर डाइभर्सन पटक–पटक बगाउने गरेको छ ।

अहिले त्यस क्षेत्रमा इन्जिनियरसहितको टोली परिचालन गरेर छिटोभन्दा छिटो गाडी चल्न सक्ने गरी मर्मतको काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । पानीको वहाव कम हुँदै गएकोले दिउँसोसम्म गाडी चलाउन सक्ने गरी काम हुने कार्यालयको दाबी छ ।

images
प्रकाशित मिति :आषाढ ४, २०८२ बुधवार - ०९:१७:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology