Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

विनयी खोलाको बाढीले बस बगायो, यात्रुको सकुशल उद्धार

विनयी खोलाको बाढीले बस बगायो, यात्रुको सकुशल उद्धार

images

इच्छाकामना न्युज

६, आषाढ २०८२
विनयी खोलाको बाढीले बस बगायो, यात्रुको सकुशल उद्धार
images

बुटवल। नारायणगढ सडक खण्डस्थित नवलपरासी पूर्वको विनयीखोलामा आएको बाढीले बगाएको बस फेला परेको छ। बिहीबार राति बाढीले बगाएको बस बस एक किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी मधु नेपालले जानकारी दिए।

उनका अनुसार यात्रुहरूको यसअघि नै उद्धार गरिएको थियो। ३८ यात्रु लिएर काठमाडौंबाट बर्दिया आउँदै गरेको भे १ ख ४०८५ नम्बरको बस विनयी खोलाको बाढीले गए राति बगाएको थियो। डाइभर्सनसँगै बाढीले बस बगाएको थियो।ओभरलोडसहितको ट्रकले पुल भाचिएपछि विनयीखोलामा डाइभर्सन बनाएर यातायात सञ्चालन भइरहेको छ। प्रहरीले एक्स्काभेटर ल्याएर राति नै सबै २४ जनाको उद्धार गरेको हो ।

घटनास्थलमा खटिएका करिब डेढ सय प्रहरीले खहरेखोलाको बाढीमा फसेका यात्रुलाई एक्स्काभेटरमार्फत बाहिर निकालेको हो । जिल्ला प्रहरीका अनुसार बस भने खोलामै छ। तर, पछिल्लो समय वर्षा शुरू भएसँगै दैनिकजसो बाढीले डाइभर्सन बगाउने गरेको छ।

बाढीले बससँगै डाइभर्सन पनि बगाएपछि नारायणगढ–बुटवल सडकखण्ड फेरि बन्द भएको छ। डाइभर्सन बगाएकाले यातायात अवरुद्ध छ। दुम्किबासबाट दाउन्नेतर्फको सडक हिलाम्य भएकाले गाडीहरू उकालो चढ्न नसकेर बिच बाटोमै अलपत्र छन्।

images
प्रकाशित मिति :आषाढ ६, २०८२ शुक्रवार - ०८:५७:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology