Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बेँसीसहर–चामे सडक अवरुद्ध

बेँसीसहर–चामे सडक अवरुद्ध

images

इच्छाकामना न्युज

६, आषाढ २०८२
बेँसीसहर–चामे सडक अवरुद्ध
images

लमजुङ । मनाङ र लमजुङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक पहिरो खस्दा अवरुद्ध भएको छ । यस सडक खण्डअन्तर्गत लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ मा आज बिहान पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी नवीन विष्टले भन्नुभयो, “ठूलाठूला ढुंगासहितको पहिरोले सडक अवरुद्ध हुँदा सवारीसाधनबीच बाटोमै अलपत्र परेका छन् ।” पहिरो ठूलो भएकाले खुलाउन समय लाग्ने उहाँको भनाइ छ । सो स्थान नजिक यही असार ४ गते पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

त्यस्तै लमजुङ–मनाङको सिमाना नजिक म्यार्दी भिर नजिक सडकमा दुई वटा ट्रक बिग्रिँदा सवारी आवागमन अवरुद्ध भएको छ । अहिले सडकमा यातायात सञ्चालनको प्रयास भइरहेको छ । सडक अवरुद्ध भएपछि गन्तव्यमा समयमा पुग्नुपर्ने यात्रुहरुलाई बढी समस्या भएको छ ।

images
प्रकाशित मिति :आषाढ ६, २०८२ शुक्रवार - १२:५२:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology