Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्रतिष्ठानद्वारा गोर्खा र लम्जुङमा छात्रवृत्ति वितरण

प्रतिष्ठानद्वारा गोर्खा र लम्जुङमा छात्रवृत्ति वितरण

images

इच्छाकामना न्युज

७, आषाढ २०८२
प्रतिष्ठानद्वारा गोर्खा र लम्जुङमा छात्रवृत्ति वितरण
images

पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित तमु विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रम यही असार ६ गते, शनिबार गोर्खा जिल्लाको हरमटारीमा सम्पन्न गरियो ।

तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद गोर्खाको समन्वय र व्यवस्थापनमा सम्पन्न यस कार्यक्रममा ३० जना गोर्खा जिल्लाका विभिन्न ग्रामीण भेगका सार्वजनिक विद्यालयका तमु विद्यार्थीहरुलाई जनही वार्षिक रु ८,०००/- को दरले छात्रवृत्ति रकम वितरण गरेको छ । यो रकम विद्यार्थीहरुले कक्षा ९ देखि १२ सम्म निरन्तर चार वर्षसम्म प्राप्त गर्नेछन् ।

विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार, शिक्षक, अभिभावकहरु र विद्यार्थीहरुको उपस्थिति रहेको यस कार्यक्रममा तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद, गोरखा जिल्ला कार्यसमितिका अध्यक्ष रामबहादुर तमु, विद्यार्थी एलिना तमु, कार्यक्रम संयोजक तथा संस्थाका प्रथम उपाध्यक्ष श्रीजङ तमुले आफ्ना भनाइ राख्नुभएको थियो भने संस्थाका सदस्य लोकबहादुर तमुले मोटिभेसनल स्पिच दिनुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुको नेतृत्वमा सात जनाको समूह गोर्खा पुगी आयोजना गरिएको यस तेस्रो चरणको कार्यक्रमको अध्यक्षता अध्यक्ष तमुले गर्नुभएको थियो र कार्यक्रम सन्चालन सचिव कन्चन तमुले गरेको थियो । संस्थाका अध्यक्ष तमुकै नेतृत्वमा संस्थाबाट चार जनाको समूह गत जेठ ३१ गते, शनिबार लमजुङ जिल्लाको सदरमुकाम बेसीशहर स्थित गुरुङ सङ्ग्राहलयमा गइ पोखरामा उपस्थित हुन कठिनाइ भएका यस जिल्लाका १६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरियो ।

तमु प्ये ल्हु संघ केन्द्रिय क्ल्हेप्री समितिका अध्यक्ष सन्तोष तमुको समन्वय र सहयोगमा सम्पन्न उक्त कार्यक्रममा तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद लमजुङका अध्यक्ष जीवराज घले, तमु प्ये ल्हु संघ लमजुङका अध्यक्ष क्या. मिनबहादुर तमु लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा पूर्व जनप्रतिनिधि, पत्रकार, अभिभावकहरु, विभिन्न संस्थाका प्रतिनिधिहरु, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम कार्यक्रम संयोजक श्रीजङ तमुले सन्चालन गर्नुभएको थियो ।

images
प्रकाशित मिति :आषाढ ७, २०८२ शनिवार - २१:५२:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology