Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तनहुँमा बाँदर धपाउन किसानलाई लेजर लाइट

तनहुँमा बाँदर धपाउन किसानलाई लेजर लाइट

images

इच्छाकामना न्युज

१३, आषाढ २०८२
तनहुँमा बाँदर धपाउन किसानलाई लेजर लाइट
images

तनहुँ, असार १३ गते । तनहुँको व्यास नगरपालिकाले किसानलाई बाँदरको समस्या समाधान गर्न सहयोग पुर्‍याउने उद्देश्यले बाँदर धपाउने लेजर लाइट वितरण सुरु गरिएको छ ।

प्रारम्भिक चरणमा नगरका केही स्थानहरूमा यी लाइटहरू परीक्षण स्वरूप वितरण गरिएको नगरपालिकाले जनाएको छ । लाइटको प्रयोग सफल भएमा नगरपालिकाका सबै १४ वडामा क्रमिक रूपमा वितरण विस्तार गरिने योजना रहेको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।

न्यौपानेले भन्नुभयो, “बाली नष्ट गर्ने बाँदरबाट पीडित कृषकहरूको गुनासोलाई सम्बोधन गर्न वैज्ञानिक उपायको प्रयोग गर्न लागेका छौं । यदि यो प्रविधि प्रभावकारी देखियो भने यो दीर्घकालीन समाधान बन्न सक्छ ।” बाँदरलाई धपाउन प्रयोग गरिने यो लेजर लाइट राति र दिन दुवै समयमा उपयोगी हुने विश्वास लिइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार कृषकहरूलाई प्रयोगसम्बन्धी तालिम सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिने छ । किसान नगर प्रमुख न्यौपाने, उपप्रमुख इन्दिरा दरै र प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले सयुक्त रुपमा बिहीबार किसानलाई वितरण सुरु गर्नुभएको हो । 

images
प्रकाशित मिति :आषाढ १३, २०८२ शुक्रवार - ०९:३५:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology