गोरखा, १६ फागुन । गोरखाका नेवार समुदायले गाईजात्राको अवसरमा देशभर बिदा दिन माग गरेको छ ।
आईतवार प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई मार्फत गृहमन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै नेवाः देय दवु जिल्ला समिति गोरखाले उक्त माग गरेको हो ।
सरकारले गाईजात्राको अवसरमा राजधानीमा मात्र बिदा दिने गरेको तर उक्त पर्व राष्ट्रिय पर्व भएकाले देशभर बिदा दिनुपर्ने माग गरिएको नेवा देय दवुका जिल्ला अध्यक्ष देवीप्रसाद श्रेष्ठले बताए ।
गाईजाज्ञा नेवारहरुको मात्र नभई आम नेपालीको चाड भएकाले गाईजात्रालाई राष्ट्रिय पर्व घोषणा गर्न पनि माग गरिएको छ । ज्ञापन पत्र बुझ्दै प्रजिअ भट्टराईले आफुले गृहमन्त्रालयमा ज्ञापन पत्र तत्काल पठाईदिने बताए ।