Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

विनयी खोलाको नयाँ पुल भोलिदेखि सञ्चालनमा

विनयी खोलाको नयाँ पुल भोलिदेखि सञ्चालनमा

images

इच्छाकामना न्युज

१८, आषाढ २०८२
विनयी खोलाको नयाँ पुल भोलिदेखि सञ्चालनमा
images

दुम्किबास, असार १८ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत विनयी खोलामा निर्माण गरिएको नयाँ पुल भोलि बिहीबार (२०८२ असार १९ गते) देखि सवारीसाधन सञ्चालनका लागि खुला गरिने भएको छ।

पुलमा अघिल्लो वर्ष अत्यधिक भार परेपछि संरचनामा क्षति पुगेको थियो। त्यसपछि सडक डिभिजन कार्यालय भरतपुरले अस्थायी डाइभर्सन निर्माण गरी सवारी सञ्चालनमा ल्याएको थियो। तर बर्खायामसँगै आएको बाढीका कारण उक्त डाइभर्सन ९ पटकसम्म बगाइसकेको डिभिजनले जनाएको छ।

पटक–पटक डाइभर्सन बगाउँदा अत्यधिक खर्च वृद्धि हुनुका साथै यात्रुहरूका लागि जोखिम बढ्दै गएको थियो। सम्भावित दुर्घटना तथा जनधन क्षतिलाई मध्यनजर गर्दै डिभिजनले वैकल्पिक मार्ग प्रयोग गर्नसमेत आग्रह गर्दै आएको थियो।

डिभिजन भरतपुरका अनुसार हालसालै निर्माण सम्पन्न गरिएको नयाँ पुल प्राविधिक परीक्षण पश्चात् सञ्चालनयोग्य ठहरिएको छ। त्यसैअनुसार भोलिदेखि उक्त पुलमार्ग नियमित रूपमा सवारी आवागमनका लागि खोलिने छ।

स्थानीय बासिन्दा तथा यात्रुहरूका लागि यो पुलले राहत दिने विश्वास लिइएको छ। बर्खायाममा सुरक्षित तथा अबाध सवारी आवागमनको सुनिश्चितताका लागि नयाँ पुल महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

images
प्रकाशित मिति :आषाढ १८, २०८२ बुधवार - २०:३९:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology