Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

दुम्किवासको पुल आजदेखि सञ्चालनमा आउने

दुम्किवासको पुल आजदेखि सञ्चालनमा आउने

images

इच्छाकामना न्युज

१९, आषाढ २०८२
दुम्किवासको पुल आजदेखि सञ्चालनमा आउने
images

नवलपुर, असार १९ गते । नारायणघाट–बुटबल सडक खण्डअन्तर्गत दुम्किवासस्थित विनयी खोलाको पुल बिहीबारदेखि सञ्चालना आउने भएको छ । सडक आयोजना पूर्वी खण्डका प्रमुख इश्वरबहादुर रिजालका अनुसार आज बिहान ११ बजेदेखि नयाँ पुलबाट सबै खाले सवारी साधनले यात्रा गर्न पाउने भएका हुन् ।

पुलको ढलान भएको करिब चार हप्तापछि पुल भएर नियमित रूपमा यातायात सञ्चालन हुने भएको हो । चिनियाँ निर्माण कम्पनी, परामर्शदाता तथा आयोजनाबिच भएको छलफलअनुसार पुल मार्ग खुला गरिने जानकारी दिनुभयो ।

गत २६ पुस गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासको पुरानो फलामे पुल भाचिँएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको थियो । डाइभर्सन पनि खोलाले पटक–पटक बगाएपछि यो मार्ग भएर यात्रा गर्न निक्कै कष्टकर भएको थियो ।  

पछिल्लो पटक असार ७ गते विनयी खोलाले बस नै बगाएपछि नयाँ डाइभर्सन बनाइएको थिएन । जसका कारण साना तथा हलुवा सवारी साधन वैकल्पिक मार्गबाट ओहोरदोहोर गर्ने गरेका थिए भने ठुला तथा मालवाहक सवारी साधन भने तीन चार दिन कुरेर खोलाको बहाव घटेपछि आवतजावत गरिरहेका थिए ।

अब नयाँ पुल सञ्चालनमा आएपछि भने यात्रु र चालकले केही राहत पाउने छन् भने डाइभर्सन र वैकल्पिक भाटोको भर पर्नु पर्ने छैन । तर दुम्किवासको समस्या समाधान भए पनि दाउन्नेको झन्झट भने कायमै रहेको छ । आयोजना प्रमुख रिजालले अव डाउन्नेमा बर्खाअघि बाटो विस्तारको काम नहुने र मर्मत मात्र हुने भएकाले बर्खाभरी समस्या हुन सक्ने बताउनुभयो ।

यहाँ हल्का पानी परेको बेला उकालोमा चिप्लिएर गाडी गुड्न नसक्ने र बाटोमा गाडी फस्ने गरेका भएकाले समस्या यथावत छ ।

images
प्रकाशित मिति :आषाढ १९, २०८२ बिहिवार - ०८:०७:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology