न्युयोर्क, अमेरिका । हाल अमेरिकामा भईरहेको मिस नेपाल नर्थ अमेरिका- २०२५ को सौन्दर्य प्रतियोगितामा प्रतियोगी दिया श्रेष्ठले उत्कृष्ट १८ मा स्थान बनाउँदै ठूलो सफलता हात पारेकी छिन्। आँबुखैरेनी तनहुँ घर भएकी श्रेष्ठले अब टप-५ मा प्रवेश गर्नका लागि जनताको साथ र भोटको अपिल गरेकी छिन्।
दिया श्रेष्ठ, प्रतियोगी नम्बर ६, नेपाली मूलकी युवती हुन् र उनी प्रतिभा, आत्मविश्वास तथा सामाजिक सेवामा अग्रसर व्यक्तित्वको रुपमा चिनिन्छिन्।
उनको परिवार तथा आँबुखैरेनीबासीले सम्पूर्ण नेपाली समुदायलाई भोट गरेर साथ दिन हार्दिक अनुरोध समेत गरेको छ।