Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

बनमन्त्रीले गरे पत्कर धुलो बनाउने मेसिनको उद्धाटन

बनमन्त्रीले गरे पत्कर धुलो बनाउने मेसिनको उद्धाटन

images

इच्छाकामना न्युज

२२, आषाढ २०८२
बनमन्त्रीले गरे पत्कर धुलो बनाउने मेसिनको उद्धाटन
images

हेटौंडा । डाङ्डुङ्गे सामुदायिक वन उपभोक्ता समुहको हाताभित्र जडान गरिएको पत्कर धुलो बनाउने मेसिनको उद्धाटन गरिएको छ । पत्कर धुलो बनाउने र कुहिएको पत्करलाइ धुलो बनाएर मल बनाउने मेसिनको उद्घाटन बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले गर्नु भएको हो ।

कार्यक्रममा मन्त्री सिलवालले मेसिनबाट उत्पादन भएको धुलो पत्कर कुखुरालाई ओछ्याउन काम लाग्ने र कुखुराको सुली मिसिएको धुलोले राम्रो मलको रुप लिने र त्यसबाट पनि आय अर्जनको लागि बाटो खुल्ने बताउनुभयो। उहाँले आफ्नो कार्यकालमा वन समिति , उपभोक्ताहरुको हितमा नयाँ नीति लागुगर्न छलफल भैरहेको समेत बताउनुभयो ।

डाङ्डुङ्गे सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शालिकराम पुडासैनीको सभाध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथी बागमती प्रदेश सभा सदस्य भारती पाठकले शुभकामना ब्यक्त गर्दै वन उपभोक्ता महासङ्घसग पनी हातेमालो गर्न अनुरोध गर्नुभयो । आफु सामुदायिक वन उपभोक्ता महासङ्घको केन्द्रिय अध्यक्ष पनि भएकोले वनको मुद्दामा वकालत गरेको , बजेट ल्याउन सक्दो पहल गरेको बताउनुभयो ।

कार्यक्रममा वडाध्यक्ष जुना दाहाल , डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख हेमराज थापा , सहायक वन अधिकृत सुरेशकुमार गुप्ता , वन अधिकृत दामोदर पाण्डे , सब डिभिजन वन कार्यालय सनन्टारका प्रमुख हरिप्रसाद अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

images
प्रकाशित मिति :आषाढ २२, २०८२ आइतवार - १८:५१:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology